• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बिप्लवको पार्टी छाड्दै अशोक लामा, सबै जिम्मेवारीबाट अलग

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

चितवन, वैशाख २५ — बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली युवा नेता अशोक लामाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। लामो समयदेखि पार्टीको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएका हुन्।

लामा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य, युवा संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्जको जिम्मेवारीमा कार्यरत थिए। उनले जारी गरेको वक्तव्यमा पार्टी र संगठनप्रति सदैव इमानदारीपूर्वक प्रतिबद्ध भएर काम गरेको उल्लेख गर्दै सम्पूर्ण नेतृत्व, सहकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।

उनले आफ्नो निर्णय व्यक्तिगत आवेग, असन्तुष्टि वा क्षणिक भावनाका कारण नभई “वैचारिक आत्ममूल्याङ्कन, राजनीतिक जिम्मेवारीप्रतिको गम्भीरता तथा आगामी कार्यदिशाप्रतिको स्पष्ट सोच” का आधारमा गरिएको बताएका छन्। साथै, उनले अब उपरान्त पार्टीको साधारण सदस्यका रूपमा समेत नरहने स्पष्ट पारेका छन्।

अशोक लामाको बहिर्गमनलाई बिप्लव नेतृत्वको नेकपाभित्र अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। विशेषगरी युवा संगठनमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका लामाको पार्टी परित्यागपछि संगठनभित्र नयाँ राजनीतिक बहस र चर्चा सुरु भएको बताइएको छ।

वक्तव्यको अन्त्यमा लामाले पार्टी, संगठन तथा समग्र क्रान्तिकारी आन्दोलनले जनताको मुक्तिको लक्ष्य हासिल गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.