चितवन, वैशाख २९ — यस वर्षको एसईई नतिजामा नारायणी नमुना माध्यमिक विद्यालय ले फेरि उत्कृष्ट सफलता हासिल गरेको छ । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा निकाल्दै विद्यालयका ३७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
विद्यालयका अनुसार २ सय १६ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् । त्यस्तै, १ सय २ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए, २१ जनाले २.८ देखि ३.२ जीपीए तथा ३ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड ले सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार विद्यालयले निरन्तर उत्कृष्टता कायम राख्दै सामुदायिक विद्यालयप्रतिको विश्वास थप बलियो बनाएको हो ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको निरन्तर प्रयासका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो । विद्यालयले विगत केही वर्षदेखि लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
भरतपुर महानगरपालिका तथा चितवन जिल्लामै सामुदायिक विद्यालयको नमुनाका रूपमा स्थापित यस विद्यालयको सफलताले अन्य विद्यालयलाई समेत प्रेरणा दिएको छ ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै आगामी दिनमा अझ गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै लैजाने जनाएको छ ।


