• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, साउन ११, २०८३
☰
सोमबार, साउन ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित

भक्तपुर- पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गर्नु भएको छ ।

उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाड्नुभएकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पुरा गरिदिएको छ ।

अधूरो शिक्षालाई जोड्दै उच्च शिक्षा पढ्ने चाहना बोक्नु भएकी राईले उक्त विद्यालयमा कक्षा आठमा आएर भर्ना भएर पढाइलाई निरन्तरता दिँदा यसवर्षको एसइई परीक्षामा सफलता हात परेको छ ।

अष्ट्रेलियामा बसेको छोराको परिवारमा १०० वर्षकी सासुलाई घुमाउन लिएर जानु भएकी राईले अष्ट्रेलियामा रहँदा नै आफू एसइई उत्तीर्ण भएको खबरले खुसी हुँदै हरेश नखाई निरन्तरको मिहेनतले सफलता दिन्छ भन्ने भनाइ चरितार्थ भएको बताउनुभयो ।

विद्यालयकी निमित्त प्रधानाध्यापक बिना देउजाले राई मात्रै नभई यसवर्ष आठ जना आमा, हजुरआमाले एसइई परीक्षामा सफलता हात परेको उहाँले बताउनुभयो । उहाँले एकसाता पछि नेपाल फर्किएर राईले कक्षा ११ अध्ययन गर्ने चाहना व्यक्त गरेको उहाँले बताउनुभयो ।

यसवर्ष राईसँगै ५९ वर्षीया राधिकादेवी आचार्य, ४२ वर्षीया ललिता आले मगर, २९ वर्षीया सुष्मा खड्का, २८ वर्षीया निर्मला चेपाङ, २२ वर्षीया रस्मी ऐरी, ४३ वर्षीया कृष्णमाया तको र ४१ वर्षीया कुमारी तामाङले पनि यस पटकको एसइई परीक्षा उत्तिर्ण गरेका उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यसवर्ष आठ जना आमा हजुरआमाले एसइई परीक्षा उतीण गर्नु भएको छ, यसअघि पनि हरेक वर्ष आमा, हजुरआमाले एसइई उत्तिर्ण गर्नु भएको थियो, कतिपय आमा, हजुरआमाले कक्षा १२ उत्तिर्ण गरेका छन् । पढ्ने रहर र चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण हाम्रो विद्यालयमा धेरै छन् ।’

पढ्ने उमेरमा विद्यालय र कक्षाकोठा कहिल्यै नदेखेकी बारा जिल्ला निजगढ घर भएकी ललिता आले मगरले ४२ वर्षको उमेरमा एसइई परीक्षा उत्तिर्ण गर्नुभयो । आर्थिक अवस्था कमजोर भएका कारण स्कुल छाडेर गोठालो जाँदा थाति राखेको पढ्ने रहरलाई पुरा गर्नु भएकी मगरले कक्षा ११ भर्ना हुने बताउनुहुन्छ ।

चौध वर्षकै उमेरमा विवाह गरेकी उनले ड्राइभिङ सिकेर गाडीको लाइसेन्स लिएर बनेपाको सलाई उद्योगको डेलिभरी भ्यान चलाएपछि चार वर्ष दुवई र दुई वर्ष कुवेत बसेर नेपाल फर्किएको आलेमगर एसइई पास भएपछि अब कक्षा ११ पढ्ने बताउनुहुन्छ ।

बिचमै पढाइ छाडेर पढ्ने रहर पुरा नगरेका महिलाहरुका लागि २०६५ सालमा स्थापना भएको विद्यालयबाट १७ वर्षे किशोरीदेखि ७२ वर्षकी हजुरआमासम्मले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको उहाँ बताउनुहुन्छ ।

विभिन्न कारणले विद्यालय जानबाट वञ्चित भएका महिलालाई औपचारिक शिक्षा दिएर विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउदै उहाँले १२ वर्षको अवधिमा १६० जना आमा, हजुरआमाले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको निप्रअ देउजा बताउनुहुन्छ ।

विद्यालयबाट एसइई उत्तिर्ण गर्ने एक दर्जन बढीले स्नातकसम्मको अध्ययन पुरा गरेर समाजमा स्थापित भएको पाउँदा निकै खुसी लाग्ने गरेको बताउदै उहाँले विद्यालयमा भक्तपुरका ग्रामिण क्षेत्रदेखि उपत्यका र विभिन्न जिल्लाबाट जिल्लाबाट विद्यार्थी आउने गरेको देउजाले बताउनुभयो ।

धादिङ घर भएकी २८ वर्षीया निर्मला चेपाङको परिवारमै पहिलो पटक एसइई उत्तिर्ण गर्ने महिला हुन् । मध्यपुरथिमि–३ कौशलटारमा अर्काको घरमा काम गर्दै चेपाङले छ वर्ष आस्था महिला विद्यालयमा पढेर यसवर्ष एसइई उत्तिर्ण गर्नुभएको हो ।

शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.