जेठ १६, चितवन ।आशिष अधिकारी -भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले बन्यजन्तुबाट भएका क्षतिलाइ मुअब्जा दिने कुरामा माहानगर चितवन रास्ट्रिय निकुञ्जको समन्वयमा सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
बाताबरण र निकुञ्जलाई असर नपर्ने गरि बिकास गर्न आबश्यक छ उहाँले भन्नू भयो, बिकास र बाताबरण दुबै नबिग्रने गरि समन्वय गरेर अगाडि बढनु पर्छ । रास्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजना र चितवन रास्ट्रिय निकुञ्जको समन्वयमा आज कसरामा भएको बाताबरण र बिकासको अधिकार विषयक प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले माहानगर खर रहित घर बनाउने अभियानमा जुटेको पनि बताउनु भयो ।
सम्मेलनमा चितवन रास्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत हरिभद्र आचार्यले बाताबरण र बिकासको अधिकारका सम्बन्धमा स्थानीय सरकारसग समन्वय हुनु पर्नेमा जोड दिनु भयो । निकुञ्जलाई अहिले बन्यजन्तुको बासस्थान र आहारा चुनौतीको विषय बनेको छ आचार्यले भन्नू भयो अब त्यसको लागि स्थानीय सरकार, निकुञ्ज,सरक्षणकर्मि र मानव अधिकारकर्मीले अग्रसरता देखाउनु पर्छ । यस्तै कार्यक्रममा बोल्दै मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जबाट प्रभावित क्षेत्रका जनतालाइ बासस्थानको प्रत्याभूत नगराउदा सम्म सरक्षणमा चुनौती रहेको बताउनु भयो । ढुङ्गानाले राज्यले छुट्टै निति बनाएर निकुञ्ज आसपासमा रहेका जनताको सरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । भरतपुर माहानगर पालिका वडा नम्बर २५ का वडा अध्यक्ष छबिलाल सापकोटाले बन्यजन्तु र मानव बिचको सुमधुर सम्बन्ध रहने गरि निति बन्नुपर्ने र तत्कालै कार्यान्वयनमा ल्याउनु पर्नेमा सुझाव दिनु भयो ।
सम्मेलनमा २२ वटा मध्यबर्ती क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको छ । सन २०१८ को गणना अनुसार नेपालमा बाघको सख्या २ सय ३५ रहेको छ भने चियवन रास्ट्रिय निकुञ्जमा ९३ वटा मात्रै बाघ रहेका छन । त्यसैगरी सन २०२१ को गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैडा रहेकोमा चितवन रास्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा रहेका छन । यस्तै चितवन रास्ट्रिय निकुञ्जमा ४० देखि ४५ वटा जगली हात्ती रहेका छन भने निकुञ्जको दैनिक गस्ती पेट्रोलियम सुरक्षाको लागी प्रयोग हुने घरपालुवा हात्तीको सख्या ५५ भन्दा माथी रहेको चियवन रास्ट्रिय निकुञ्जले जनाएको छ ।


