• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

अवरोधबिच विधेयक पारित

  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

प्रतिपक्षी दलहरूको अवरोधबिच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदका प्रश्नमा जवाफ दिनुपर्ने माग गरेर प्रतिपक्षी दलहरूले बिहीबार पनि सभामा अवरोध गरेका थिए । प्रतिपक्षी दलहरूले रोस्ट्रमअघि नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले सभाको कारबाही अघि बढाउनुभएको थियो । अवरोधबिच तीन वटा विधेयक संशोधन दर्ता प्रव्रिmयाका लागि पनि स्वीकृत भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको सभामा अवरोधबिच कार्यसूची अघि बढाइएको यो पहिलो पटक हो ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए । नाराबाजीबिच सदन कार्यसूचीमा प्रवेश गराइएको हो । पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहसँग समेत परामर्श गर्नुभएको थियो । परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधबिच कार्यसूची अघि बढाउनुभएको हो ।

अवरोधबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहीबारका लागि तय भएको थियो । विधेयकमा दर्ता भएका छ वटा संशोधनमध्ये सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय लिमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो । छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको जानकारी गराउनुभएको थियो ।

प्रतिपक्षी दलका सांसदहरू गणेशबहादुर विश्वकर्मा, पुष्पराज कँडेल र युवराज दुलालले भने छलफलमा भाग लिनुभएन । बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुश्बु ओलीलाई सभामुख अर्यालले छलफलका लागि समय दिए पनि उहाँले भाग लिनुभएन । वैकल्पिक विकास वित्त परिचालनको दफाबार र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन् ।

प्रारम्भमै दोहोरियो नजिर

अवरोधबिच बैठक कार्यसूचीमा प्रवेश गराई कानुन तर्जुमाको विगतको नजिर संसद्को प्रारम्भमै दोहोरिएको छ । संसद्मा यसअघि पनि विभिन्न समयमा अवरोधबिच विधेयक पारित भएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध र रोस्ट्रम घेराउबिच प्रतिनिधि सभाले बहुमतले पारित गरेको थियो । यस्तै लोकसेवा आयोग विधेयक, २०७५ पनि राष्ट्रिय सभामा एमाले सांसदहरूले अवरोध गरिरहेका बेला बहुमतबाट पारित भएको थियो । २०७८ को वार्षिक बजेटको प्रतिस्थापन विधेयक पनि एमालेको अवरोधबिच पारित भएको थियो । एमालेको अवरोधबिच २०७८ सालमा एमसिसी सम्झौता पनि संसद्ले अनुमोदन गरेको थियो ।

प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न माग

प्रतिनिधि सभा नियमावलीको नियम ५६ को प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभा अवरोध गरेका हुन् । बिहीबारको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि व्यवस्थापन कार्यमा प्रवेश गर्नुअघि प्रतिपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । नियमावलीले प्रत्येक महिनाको पहिलो साताभित्र प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरेको छ । सो व्यवस्था कार्यान्वयनको माग प्रतिपक्षी दलहरूले गरिरहेका छन् ।

प्रधानमन्त्री एवं रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि विचार गरियोस् प्रस्ताव पेस गर्नुअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

विरोधबारे जानकारी दिँदै एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको समय माग गरे पनि प्रधानमन्त्रीले बेवास्ता गरेको बताउनुभयो । नेपालको संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था पालना नभएकोमा महरले आपत्ति जनाउनुभएको हो । प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा रहेको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पालना नभएको भन्दै सो नियम कार्यान्वयन नभएसम्म सदनको कारबाही नबढाउन महरले आग्रह गर्नुभएको थियो ।

यस्तै श्रम संस्कृति पार्टीका आरेन राईले पनि प्रधानमन्त्रीले आफ्नो अधिकार क्षेत्रको विषयमा सदनप्रति जवाफदेही नभएको भन्दै रुलिङको समेत माग गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नभएकोमा आपत्ति जनाउनुभयो । नियमावली र संविधानको कार्यान्वयन संसद्मा हुनुपर्ने मागसमेत उहाँले राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रतिपक्षका लागि मात्र नभएको बताउँदै नियमावली कार्यान्वयन नहुनु सदनको अवहेलना भएको जिकिर गर्नुभयो । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीले नियमापत्ति गर्दै संसद्को मर्यादा कायम राख्न माग गर्नुभयो । उहाँले प्रतिपक्ष सांसदहरूको विरोधमा आपत्ति जनाउनुभएको थियो । अवरोधबिच विधेयक पारित गर्दै प्रतिनिधि सभाको बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.