• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

तेस्रो सातामा पनि ‘लालीबजार’को जादु कायम, दर्शकको भीड उस्तै

  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ १०
तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ । तेस्रो साताको शुक्रबार र शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्नुका साथै शोहरू हाउसफुल भए । यसै बीच निर्माण कम्पनि षट्कोण आर्ट्सले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ । फिल्मको महत्वपूर्ण समयमा आउने उक्त दृश्यमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छिन् ।

झन्डै १ मिनेट ४९ सेकेन्ड लामो उक्त दृश्यमा आमा र छोरीको संवादलाई प्रस्तुत गरिएको छ । हलमा उक्त दृश्य आउँदा अधिकाँस दर्शकको आँखा रसाउँछन् । उक्त फिल्मलाई हेर्न परिवार नै हलमा आइरहेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए । काठमाडौँ उपत्यकासँगै नेपालभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिएका अभिनेता बानियाँले फिल्मले मनोरन्जनसँगै दिएको सन्देशलाई दर्शकले रुचाएको बताए ।

उनले भने, ‘म नेपालभरका मुख्य सहरमा पुगेर दर्शक भेटेर फर्किएँ, हामीलाई जुन विश्वास गरेर दर्शक आउनुभएको छ, फर्किंदा समय र पैसाको सदुपयोग भयो भन्ने लागेको छ । फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझ्नुभयो । तेस्रो सातामा दर्शकले दिनुभएको मायालाई व्यक्त गर्ने शब्द छैन, आज शनिवार काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्दैछौँ ।’

अभिनेता बानियाँका अनुसार अभिनेत्री स्वस्तिमा खड्कासहितको टिम आईतबार दर्शकलाई सरप्राइज दिन काठमाडौँ उपत्यका भित्रका विभिन्न हलमा पुग्नेछन् । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले दुई सातामा ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाइसको छ । यो विकेन्ड सकिँदासम्म फिल्मले ६ करोडको आंकडा पार गर्ने विश्वास निर्माण पक्षको छ ।

‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकले दिइरहनुभएको ‘वर्ड अफ माउथ’ले तेस्रो साताको विकेन्ड फिल्मका लागि सुखद भएको छ ।

फिल्मको ट्रेलर युट्युबको मुभी चार्टतर्फ नम्बर २ मा छ । यसले फिल्मप्रति दर्शकको चासो बढिरहेको र आगामी दिनमा अझैँ राम्रो व्यापार गर्ने सङ्केत गरेको छ । ट्रेलर सार्वजानिक भएको एक महिना लामो समय भएता पनि यसको ट्रेलर २२ लाख भ्यूजसहित नम्बर १ मा छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.