जेठ १९, पोखरा । एक नाबालिग गायिका माथि जबरजस्ती करणीको अभियोग सामना गरिरहेका नेपाली चलचित्रका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ जारी छ । न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भइरहेको छ ।हालसम्म पल पक्षका तीन वकिल र एक सरकारी वकिलले बहस गरेका छन् । आरोपित पल तनहुँ कारागारमा छन् ।
पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनीहरूको माग गरेका छन् । अझै तीनजना कानुन व्यवसायीले बहस गर्न बाँकी छ ।अदालत स्रोतका अनुसार आज बहस नसकिए भोलि अदालतले आदेश दिने सम्भावना छ ।
तपाईको प्रतिक्रिया


