• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले

  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै उहाँले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताउनुभयो । उहाँले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभएको छ । अर्थमन्त्री वाग्लेका अनुसार हाल केही विषयलाई मात्र उचालेर सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ । सुशासनको नारा लिएर आएको सरकारमाथि आधारहीन आरोप लगाएर हिलो छ्याप्ने प्रयास भइरहेको उहाँको आरोप छ ।

अर्थमन्त्री वाग्लेले करका दरका बारेमा लगाइएका आरोपहरू कुनै ठोस आधारविना आएको दाबी गर्दै ती प्रारम्भिक अवस्थामै खण्डित हुने प्रकृतिका रहेको बताउनुभयो । उहाँले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै नियतमा कुनै कमजोरी नरहेको स्पष्ट पार्नुभयो ।

बैठकमा अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको अहिले छानबिन चलिरहेको छ । त्यसमा संलग्न, देशलाई मुठ्ठीमा लिएर सिङ्गो राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्ने छन् । उनीहरूले संरक्षण दिएका र उनीहरूको आश्रयमा रहेका समूहहरू कतै यसमा सलबलाइरहेका त छैनन् भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । किन एउटा मात्र विषयलाई बारम्बार उचालिँदै छ ? धेरैले राम्रो भनेको बजेट ल्याएको सरकार र अर्थमन्त्रीमाथि कुनै आधार र प्रमाणविना आरोप लगाइएको छ ।”

उहाँले सुशासनको नारा लिएर दृढताका साथ अघि बढिरहेको सरकारलाई नै लक्षित गरेर हिलो छ्याप्ने प्रयास गरिएको बताउँदै माननीय सदस्यहरूलाई सचेत रहन आग्रह गर्नुभयो । सेतो कपडामा हिलो छ्यापेपछि जति धोए पनि केही दाग बाँकी रहन सक्ने उदाहरण दिँदै उहाँले सरकारको छवि धुमिल पार्ने र कमजोर बनाउने उद्देश्यले यस्ता प्रहार भइरहेको आशङ्का व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “म ढुक्क छु, गल्ती गरिएको छैन, नियत पूर्ण रूपमा ठीक छ । लगाइएका आरोपहरू प्रथम दृष्टिमै खण्डित हुने खालका छन् ।”

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.