• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

नेपाललाई सघाउन चीन तयार

  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

काठमाडौँ, असार २ गते । नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् । चीन भ्रमणमा रहनुभएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यीबिच सोमबार चीनको बेइजिङमा यसबारे उच्चस्तरीय छलफल भएको हो ।

द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ । परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नुभएको हो । उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभएको छ, “आज बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो । हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रसहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा व्यापक छलफल ग¥यौँ ।” उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको प्रस्ट पार्नुभयो । परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल–चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेइजिङस्थित नेपालको राजदूतावासले जनाएको छ । छलफलमा मन्त्री खनालले नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने प्रस्ट पार्दै एक चीन नीतिप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता दोहो¥याउनुभयो । मन्त्री खनालले नेपाल र चीनबिचको मित्रता सहस्राब्दीदेखि फैलिएको र अटल रहेको औँल्याउँदै नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार, नेपाललाई समान मित्रका रूपमा निरन्तर व्यवहार तथा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मानप्रति चीनले देखाएको सद्भावको प्रशंसा गर्नुभयो ।

छलफलमा दुई छिमेकी सम्बन्धलाई राष्ट्रहितमा केन्द्रित गर्दै अघि बढ्नेबारे प्रतिबद्धता जनाइएको छ । दुवै देशले पारस्परिक सम्मान, एक अर्काको प्राथमिकता र संवेदनशीलताप्रति साझा प्रतिबद्धता स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको नेपाली दूतावासले जनाएको छ । दुवै देशबिच पूर्वाधार विकास, सम्पर्क सञ्जाल निर्माण, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल आयात निर्यात, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणसहित जनसम्बन्धलगायत विविध क्षेत्रमा सहकार्यलाई बढाउन सकिने विषयमा पनि दुई मन्त्री सहमत हुनुभएको दूतावासले जानकारी दिएको छ ।

छलफलमा चीनका विदेशमन्त्री यीले नेपाल चीनबिचको परम्परागत मित्रतालाई निरन्तरता दिँदै नेपालको नयाँ उपलब्धि संस्थागत गर्न चीन सरकारको तत्परता व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री खनालसँगको वार्ताक्रममा वाङले राख्नुभएको धारणा उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, “राजनीतिक पारस्परिक विश्वास बढाउन र समयसँगै चीन–नेपाल रणनीतिक सहयोगमा नयाँ उपलब्धि प्रवर्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक छ ।”

वाङले चीन र नेपाल हिमालय र नदीसँगै साझा भाग्य बाँडेर बसेको देश भएको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएदेखि, अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको घरेलु परिस्थितिमा आएको परिवर्तनलाई ध्यान नदिई, दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई निरन्तर समर्थन गर्दै आएको प्रस्ट पार्नुभयो । उहाँले द्विपक्षीय सम्बन्धको दिगो विकास यात्रामा सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नुभएको स्मरण गर्नुभयो । जस अनुसार दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक सहकारी साझेदारी स्थापना भएको औँल्याउनुभयो ।

यीले थप्नुभयो, “चीन सधैँ नेपालको विकास, पुनरुत्थान र आधुनिकीकरण प्रक्रियामा एक विश्वसनीय र भरपर्दो असल छिमेकी र साझेदार हुने छ, चीन नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयन गर्न इच्छुक छ, जसले पावर ग्रिड, राजमार्ग, बन्दरगाह र उड्डयन जस्ता क्षेत्रमा सहयोगमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने छ ।”

नेपालको तर्फबाट परराष्ट्रमन्त्री खनालले चीनको विकास नेपालका लागि अवसर भएको उल्लेख गर्दै नेपाल चिनियाँ लगानीलाई स्वागत गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले चिनियाँ उद्यमीका लागि निष्पक्ष, कानुनको शासन र मैत्रीपूर्ण व्यावसायिक वातावरण प्रदान गर्न नेपाल इच्छुक रहेको बताउनुभएको चीनको विदेश मन्त्रालयले जनाएको छ । उहाँको भनाइ उद्धृत गर्दै मन्त्रालयले भनेको छ, “नेपाल चीनको शासन अनुभवबाट सिक्न इच्छुक छ, गरिबी निवारण र वातावरण संरक्षणमा चीनको उपलब्धिको प्रशंसा गर्दछ र उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय रूपमा कार्यान्वयनमा जाने छ, नेपाल–चीन कनेक्टिभिटी सुधार गर्ने छ, विभिन्न क्षेत्रमा पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्धन गर्ने छ ।”

दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा पनि धारणा आदानप्रदान गर्नुभएको थियो । बैठकपछि मन्त्री खनालले उहाँको सम्मानमा विदेशमन्त्री यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

सिसिपीका विदेश विभाग प्रमुखसँग छुट्टै भेट

परराष्ट्रमन्त्री शिशिर खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङबिच सोमबारै बेइजिङमा भेटवार्ता भयो । उक्त भेटमा दुवै पार्टीबिच भविष्यमा थप गहिरो सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । मन्त्री खनालले भेटपछि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत छलफल फलदायी भएको अवगत गराउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामीबिच नेपाल र चीनबिचको सम्बन्ध थप प्रगाढ बनाउने, पार्टीगत सहकार्यलाई विस्तार गर्ने, जनसम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको छ ।”

साथै सिपिसीका विदेश विभाग प्रमुख लिउले रास्वपासँग सिपिसीले आपसी आदानप्रदान अझ बढाउने चाहना भेटमा व्यक्त गर्नुभयो । आपसी सम्बन्ध विस्तारसँगै शासकीय अनुभवको साझेदारी विकास गर्न अन्तरपार्टी सहयोग आदानप्रदान गर्न तयार रहेको स्पष्ट पार्नुभएको जनाइएको छ । यसैबिच मन्त्री खनालले सोमबारै चिनियाँ विज्ञान प्रतिष्ठान तथा तिब्बती पठार अनुसन्धान संस्थानको अवलोकन भ्रमण गर्नुभयो । सो क्रममा उहाँले अध्ययन अनुसन्धानसँग सम्बन्धित साझा क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने धारणा सो क्रममा राख्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.