• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक, विवाह संस्कृतिको रमाइलो झल्को

  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र **‘पार्वती’**ले प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरेको छ। निर्माण टिमले शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।

सार्वजनिक गीतले नेपाली विवाह संस्कृतिमा महिलाहरूले खेल्ने रत्यौलीको मौलिक स्वादलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ।

गीतको भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन् भने नीता ढुङ्गाना परम्परागत महिलाको पहिरनमा प्रस्तुत भएकी छन्। उनीहरूबीचको रमाइलो अभिनय, ठट्टा र नृत्यले रत्यौलीको वास्तविक वातावरणलाई पर्दामा उतारेको छ।

‘नौतुना रेलैमा’मा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। गीतका शब्द हर्क साउदले सिर्जना गरेका हुन् भने संगीत दीपक शर्माको रहेको छ। संगीत संयोजन, मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् भने नृत्य निर्देशन रामजी लामिछानेको छ।

चलचित्र ‘पार्वती’ अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा तयार भएको हो। उनी स्वयं चलचित्रको मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा र पटकथा नीता ढुङ्गानाकै हो भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका छन्। सुदीप बरालको छायांकन रहेको चलचित्रमा नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

चलचित्रका शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार पारिरहेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको छ।

नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘पार्वती’ले रत्यौली गीतमार्फत दर्शकमाझ सकारात्मक उत्साह सिर्जना गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.