• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘गौँथली’को ट्रेलर ट्रेन्डिङ नम्बर १, प्रदर्शनअघि नै बढ्यो चर्चा

  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’ ले दर्शकमाझ उल्लेखनीय चर्चा बटुल्न थालेको छ। आगामी साउन १ गते प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

रिलिज भएको पाँच दिनमै ट्रेलरले ७ लाख ३० हजारभन्दा बढी भ्युज बटुल्दै युट्युबको मुभी ट्रेन्डिङमा पहिलो स्थान कब्जा गरेको छ। ट्रेलरप्रति दर्शकबाट आएका सकारात्मक प्रतिक्रियाले चलचित्रप्रतिको अपेक्षा झन् बढाएको देखिन्छ।

दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) का रूपमा परिचित छ। प्रदर्शनका क्रममा ५१ दिनसम्म हलमा चलेको उक्त चलचित्रको नामलाई निरन्तरता दिँदै यसपटक उनका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ कथासहित ‘गौँथली’ निर्माण गरेका हुन्।

नयाँ ‘गौँथली’ले ग्रामीण परिवेशमा हुर्किएकी एक युवतीको शिक्षा प्राप्त गर्ने सपना, बालविवाह, सामाजिक विभेद र संघर्षको कथा प्रस्तुत गर्छ। ट्रेलरमा सिम्रन खड्काले निभाएकी ‘गौँथली’ पात्रको पढाइप्रतिको लगाव, परिस्थितिसँगको संघर्ष र समाजको परम्परागत सोचसँगको भिडन्तलाई भावनात्मक ढंगले चित्रण गरिएको छ।

विवाहपछि पनि पढाइलाई निरन्तरता दिन चाहने गौँथलीको सपनामाथि परिवार र समाजले अवरोध सिर्जना गर्छ। उनको पुस्तक जलाइने दृश्य र शिक्षाको अधिकारका लागि गरिएको संघर्षले ट्रेलरलाई थप प्रभावशाली बनाएको छ।

चलचित्रमा अरुण क्षेत्रीले फरक शैलीको सरल र निर्दोष स्वभावको पात्र निर्वाह गरेका छन्। उनको अभिनयले दर्शकको विशेष ध्यान खिचेको छ भने सिम्रन खड्काले भावनात्मक भूमिकालाई प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन्।

‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सशक्त सामाजिक सन्देश बोकेको चलचित्रले पहाडी समाजको यथार्थ, परम्परा र परिवर्तनको आवश्यकतालाई उजागर गर्ने प्रयास गरेको छ। ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले चलचित्रले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा निर्माण भएको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका हुन्। पटकथा तथा संवादमा निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ। चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्।

हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको चलचित्र साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

बिहिबार, असार २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.