• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक

  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा गीत सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई औपचारिक रूपमा अगाडि बढाएको हो।

हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको यस डान्सिङ नम्बरको भिडियोमा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापालगायत कलाकारहरूको आकर्षक नृत्य र प्रस्तुति समावेश गरिएको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

गीत सार्वजनिक कार्यक्रममा राजनराज शिवाकोटी र रचना रिमालले गीतको केही अंश प्रत्यक्ष प्रस्तुत गर्दै माहोललाई उत्साहपूर्ण बनाएका थिए। कार्यक्रममा बोल्दै राजनराजले यस गीतमा आफूले गायकका रूपमा मात्र काम गरेको पहिलो अनुभव रहेको बताए भने रचना रिमालले राजनराजसँगको यो आफ्नो पहिलो युगल पार्श्वगायन भएको उल्लेख गरिन्।

अञ्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ’लाई समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो।

चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा अभिनेत्री नीति शाहले चलचित्र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले फरक स्वादको अनुभव गर्ने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसालले आफूलाई चलचित्रमा जीवन्त पात्रका रूपमा देख्न पाइने बताए भने प्रभातपाल ठकुरीले ‘जदौ’ आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण चलचित्र भएको प्रतिक्रिया दिए। यसै चलचित्रबाट डेब्यु गरेकी राजश्री थापाले पनि आफ्नो पहिलो चलचित्रलाई दर्शकले माया गर्ने अपेक्षा व्यक्त गरिन्।

निर्देशक अञ्जन शर्माले उत्कृष्ट चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताए। सहनिर्देशक तथा लेखक काजी लिम्बुले चलचित्रले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश पनि दिने दाबी गरे।

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रका निर्माता सृजना शर्मा र मनिष शर्मा हुन् भने शान्ति पुडासैनी कार्यकारी निर्माता रहेकी छन्। चलचित्रको देशव्यापी वितरण एनजीसीएन ग्रुपले गर्नेछ।

शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.