• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक

  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा गीत सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई औपचारिक रूपमा अगाडि बढाएको हो।

हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको यस डान्सिङ नम्बरको भिडियोमा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापालगायत कलाकारहरूको आकर्षक नृत्य र प्रस्तुति समावेश गरिएको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

गीत सार्वजनिक कार्यक्रममा राजनराज शिवाकोटी र रचना रिमालले गीतको केही अंश प्रत्यक्ष प्रस्तुत गर्दै माहोललाई उत्साहपूर्ण बनाएका थिए। कार्यक्रममा बोल्दै राजनराजले यस गीतमा आफूले गायकका रूपमा मात्र काम गरेको पहिलो अनुभव रहेको बताए भने रचना रिमालले राजनराजसँगको यो आफ्नो पहिलो युगल पार्श्वगायन भएको उल्लेख गरिन्।

अञ्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ’लाई समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो।

चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा अभिनेत्री नीति शाहले चलचित्र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले फरक स्वादको अनुभव गर्ने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसालले आफूलाई चलचित्रमा जीवन्त पात्रका रूपमा देख्न पाइने बताए भने प्रभातपाल ठकुरीले ‘जदौ’ आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण चलचित्र भएको प्रतिक्रिया दिए। यसै चलचित्रबाट डेब्यु गरेकी राजश्री थापाले पनि आफ्नो पहिलो चलचित्रलाई दर्शकले माया गर्ने अपेक्षा व्यक्त गरिन्।

निर्देशक अञ्जन शर्माले उत्कृष्ट चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताए। सहनिर्देशक तथा लेखक काजी लिम्बुले चलचित्रले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश पनि दिने दाबी गरे।

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रका निर्माता सृजना शर्मा र मनिष शर्मा हुन् भने शान्ति पुडासैनी कार्यकारी निर्माता रहेकी छन्। चलचित्रको देशव्यापी वितरण एनजीसीएन ग्रुपले गर्नेछ।

शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.