चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५ देखि २६ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा दुवै बसमा सवार करिब २५–२६ जना यात्रु घाइते भएका छन्। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी घाइतेहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया



