जेठ २४,काठमाडौ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’को आज सेन्सर भएको छ । रिलिजको करिब २ साता अगाडि चलचित्रको सेन्सर पास गरिएको हो । यो चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको छ । यो चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।
चलचित्र हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले, अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएका थिए ।दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिकामा छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
तपाईको प्रतिक्रिया


