• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, साउन ११, २०८३
☰
सोमबार, साउन ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले पश्चिम नेपालको छाउप्रथा र त्यसले महिलाको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाएको छ। ट्रेलरमा महिनावारी भएका कारण किशोरीलाई विद्यालय जान रोक लगाइने, परिवारका पुरुष सदस्यको अनुहारसमेत हेर्न नपाइनेजस्ता सामाजिक कुरीतिलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित भएको बताउँदै समाज परिवर्तनका लागि चेतना र साहस आवश्यक रहेको धारणा राखिन्।

उनले भनिन्, “देश परिवर्तन भाषणले मात्र सम्भव हुँदैन। परिवर्तनका लागि एउटा ‘हली’को संघर्ष पनि पर्याप्त हुन सक्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ।”

निर्देशक ओम प्रतिकले पश्चिम नेपालमा विद्यमान छाउप्रथाको यथार्थलाई आधार बनाएर फिल्म निर्माण गरिएको बताए। उनका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन चेतनाको विस्तार नै सबैभन्दा ठूलो शक्ति हो।

पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्मको कथा, पटकथा तथा निर्देशन ओम प्रतिकले गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहारीको अभिनय रहेको छ। निर्देशक ओम प्रतिक स्वयं पनि मुख्य भूमिकामा देखिएका छन्।

फिल्मको प्रचारात्मक गीतमा दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मालगायत कलाकारको विशेष प्रस्तुति रहेको छ। निर्माण पक्षका अनुसार उक्त गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ले सामाजिक विभेद, अन्धविश्वास र कुरीतिविरुद्ध आवाज उठाउँदै परिवर्तनको सन्देश दिने प्रयास गरेको छ।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जस्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले देशभर वितरण गर्नेछ।

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.