• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

‘बेहुली’को पहिलो गीतले तोड्यो रेकर्ड, ४८ घण्टामै टिकटकमा ५० हजार भिडियो

  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सफलता हासिल गरेको छ। सार्वजनिक भएको ४८ घण्टा नबित्दै गीत टिकटक र युट्युब दुवैमा भाइरल बन्दै नयाँ कीर्तिमानतर्फ अग्रसर भएको हो।

गीत सार्वजनिक भएको दुई दिनभित्रै टिकटकमा ५० हजारभन्दा बढी भिडियो निर्माण भएका छन्, जुन नेपाली चलचित्रका गीतका लागि निकै दुर्लभ उपलब्धि मानिएको छ। त्यस्तै, ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोले ६ लाखभन्दा बढी भ्यूज पार गरिसकेको छ भने यसको लोकप्रियता अझै तीव्र गतिमा बढिरहेको छ।

लोक स्वादमा तयार पारिएको यो गीत अहिले सबै उमेर समूहका दर्शक र स्रोतामाझ लोकप्रिय बनेको छ। सर्वसाधारणदेखि चर्चित कलाकारसम्मले टिकटकमा यसको हुक–स्टेपमा भिडियो बनाइरहेका छन्। पोस्टर र पहिलो गीतकै सफलताले चलचित्रप्रति दर्शकको उत्सुकता निकै बढाएको छ।

प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य देख्न सकिन्छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पारस र दिव्या बेहुला–बेहुलीको भेषमा प्रस्तुत भएका छन् भने सुशान्त र पदमको विशेष उपस्थितिले थप आकर्षण थपेको छ।

@osrdigitalnp

Dilma Thau Chha || BEHULI – बेहुली Nepali Movie Song 2026 / 2083 || Anju Panta, Prashant Siwakoti, Ravi Oad || Arjun Pokharel || Cool Boy (Paras Bam Thakuri), Divya Rayamajhi, Sushant Karki, Padam Tamang || Behuli Movie Song “Dilma Thau Chha” 2026 BEHULI – बेहुली In Cinemas: Bhadra 26, September 11

♬ original sound – OSRDigital – OSRDigital

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस, दिव्या, सुशान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता प्रताप शमशेर राणा, कार्यकारी निर्माता शङ्कर कोइराला र रमेश सिलवाल, तथा सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन्। चलचित्रको छायांकन नरेन्द्र मैनाली, सम्पादन विकास दाहाल र एक्सन कोरियोग्राफी रोशन श्रेष्ठले गरेका छन्। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यका बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.