• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘बेहुली’को पहिलो गीतले तोड्यो रेकर्ड, ४८ घण्टामै टिकटकमा ५० हजार भिडियो

  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सफलता हासिल गरेको छ। सार्वजनिक भएको ४८ घण्टा नबित्दै गीत टिकटक र युट्युब दुवैमा भाइरल बन्दै नयाँ कीर्तिमानतर्फ अग्रसर भएको हो।

गीत सार्वजनिक भएको दुई दिनभित्रै टिकटकमा ५० हजारभन्दा बढी भिडियो निर्माण भएका छन्, जुन नेपाली चलचित्रका गीतका लागि निकै दुर्लभ उपलब्धि मानिएको छ। त्यस्तै, ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोले ६ लाखभन्दा बढी भ्यूज पार गरिसकेको छ भने यसको लोकप्रियता अझै तीव्र गतिमा बढिरहेको छ।

लोक स्वादमा तयार पारिएको यो गीत अहिले सबै उमेर समूहका दर्शक र स्रोतामाझ लोकप्रिय बनेको छ। सर्वसाधारणदेखि चर्चित कलाकारसम्मले टिकटकमा यसको हुक–स्टेपमा भिडियो बनाइरहेका छन्। पोस्टर र पहिलो गीतकै सफलताले चलचित्रप्रति दर्शकको उत्सुकता निकै बढाएको छ।

प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य देख्न सकिन्छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पारस र दिव्या बेहुला–बेहुलीको भेषमा प्रस्तुत भएका छन् भने सुशान्त र पदमको विशेष उपस्थितिले थप आकर्षण थपेको छ।

@osrdigitalnp

Dilma Thau Chha || BEHULI – बेहुली Nepali Movie Song 2026 / 2083 || Anju Panta, Prashant Siwakoti, Ravi Oad || Arjun Pokharel || Cool Boy (Paras Bam Thakuri), Divya Rayamajhi, Sushant Karki, Padam Tamang || Behuli Movie Song “Dilma Thau Chha” 2026 BEHULI – बेहुली In Cinemas: Bhadra 26, September 11

♬ original sound – OSRDigital – OSRDigital

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस, दिव्या, सुशान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता प्रताप शमशेर राणा, कार्यकारी निर्माता शङ्कर कोइराला र रमेश सिलवाल, तथा सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन्। चलचित्रको छायांकन नरेन्द्र मैनाली, सम्पादन विकास दाहाल र एक्सन कोरियोग्राफी रोशन श्रेष्ठले गरेका छन्। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यका बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.