जेठ २५ ,चितवन। भरतपुर महानगरपालिका–२३ स्थित घैलाघारी सामुदायिक वनमा मंगलबार दिउँसो बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा मंगलबार दिउँसो निगुरो टिप्न गएका चार जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।
मंगली बोटेको शव बाघले खाएको अवस्थामा राति ८ः३५ बजे फेला परेको हो । शव बाघले आक्रमण गरेको स्थानभन्दा करिब १०० मिटरभित्र फेला परेको प्रहरीले जनाएको छ । यो घटनासँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाईको प्रतिक्रिया


