• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रधानमन्त्रीको संवाद

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार साँझ भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार राष्ट्रपति पौडेलसँग भेट गर्न प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतल निवासमा जानुभएको हो । भेटवार्ताका क्रममा उहाँहरूबिच मुलुकको समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम् घटना र परिस्थितिका बारेमा जानकारी लिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतल निवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभयो । भेटमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभयो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानमन्त्री शाहले बिहीबारै टेलिफोनमार्फत संवाद गर्नुभएको छ । उहाँहरूबिच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता बजगाईका अनुसार संवादका क्रममा आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार विमर्श भएको छ ।

सुरक्षाबारे विस्तृत समीक्षा

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को ४३ औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सार्वजनिक शान्ति कायम राख्न सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवालाबिचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा साउन १० गते सुनसरीमा भएको घटनासहित मुलुकको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । परिषद्का तर्फबाट प्रस्तुत ब्रिफिङमा राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको जानकारी गराइएको थियो ।

सुरक्षा परिषद्का सदस्यसचिव तथा रक्षा सचिव केदारनाथ शर्माका अनुसार बैठकले यस्ता प्रकृतिका घटना पुनः दोहोरिन नदिन सबै सरोकारवाला निकायबिच निरन्तर समन्वय, संवाद र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । परिषद्ले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा सार्वजनिक सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्क रहन निर्देशन दिएको छ ।

बैठकले मनसुनजन्य विपत्को जोखिमलाई मध्यनजर गर्दै खोज, उद्धार, राहत तथा पुनः स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय सुदृढ गर्ने निर्णय पनि गरेको छ । विपत्का समयमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन, प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको परिषद्ले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देल सहभागी हुनुहुन्थ्यो ।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.