जेठ २५ , चितवन । चितवनमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्युु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा राम बहादुर चौधरी र छतिराम चौधरी रहेको प्रहरीले जनाएको छ ।
कपिलबस्तुका छतिराम थारु अचानक चिप्लिएर खसे पश्चात् संगै काम गरिरहेको भिनाजु राम चौधरीले छतिराम चौधरीलाई निकाल्न भित्र पसेकोमा दुबै जना निस्किन नसके पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनको जनाएको छ ।
दुबै जनाको शव उद्धार गरि बाहिर निकाली पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पताल पठाईएको छ ।
तपाईको प्रतिक्रिया



