जेठ २६ , चितवन ।वर्षासँगै खसेको पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको सडकमा गाडी सुचारु भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो ।
बिहीबार बिहानैदेखि पहिरो हटाउन प्रयास गरिएको थियो । इच्छाकामना–४ स्थित नाग्दीखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएकोमा बिहान १२:०५बजेदेखि सुचारु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


