• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुर अस्पताललाई हरियालीसँगै सेवाग्राही मैत्री बनाइँदै, कर्मचारीलाई व्यवहार सुधार अभिमुखीकरण

  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ। बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक तथा कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ।

बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरूमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको र तीन वटा त्यस्ता कार्यक्रम गरिसकिएको छ।

उनले भने, ‘यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ।’ कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ। यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक तथा कर्मचारीबीच द्वन्द्व हुने गरेको छ।

अस्पताल प्रमुख डा बगालेका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिको विश्वासमा समेत प्रभाव पार्छ। उनले भने, ‘चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ। यसलाई नै प्राथमिकता दिँदै अभिमुखीकरण गरिएको हो।’

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ बनाएको छ। यसले अस्पताललाई हरियाली र सफासँगै सेवाग्राही मैत्री बनाउन काम गर्ने बताइएको छ। वातावरणीय रूपमा सरसफाइसँगै हरियाली बनाउने, सेवाग्राहीसँग राम्रो व्यवहार गर्ने, सहज रूपमा सेवा प्रवाह गर्ने र पूर्वाधारलाई सुन्दर बनाउने जस्ता काम कमिटीले गरिरहेको छ।

अस्पताल प्रमुख डा बगालेका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीलाई राम्रो व्यवहारका लागि अभिमुखीकरण दिने, कम्तीमा १५ दिनमा एक पटक अभियानका रूपमा पूर्ण सरसफाइ गर्ने र शौचालयहरूमा सरसफाइको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ। उनले उपचार मात्र नभएर यससँगसँगै रहेका धेरै काम, जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ, त्यससम्बन्धी काममा ध्यान पुर्‍याइएको बताए।

समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनमा एक पटक बृहत् रूपमा सरसफाइ गरिँदै आइएको छ। अस्पताल परिसरमा एउटा बाल उद्यानसहित ६ वटा साना उद्यानहरू छन्। दुबो लगाइएका ती उद्यानहरूमा हरियाली हुने बिरुवाहरू रहेका छन्। तिनीहरूको सरसफाइ, गोडमेल र छाँटकाँट जस्ता काम गरिँदै आइएको छ। यसका अतिरिक्त अस्पताल परिसरमा बिरुवाहरू लगाउने, छाँटकाँट, गोडमेल र भौतिक पूर्वाधारहरूमा रङ्गरोगन जस्ता कामहरू भइरहेका छन्।

यससँगै बिरामी र आफन्तहरू कुन भवनमा जाने हो, त्यहाँ पुग्न सहज बनाउने काम भइरहेको छ। रङ्गहरूमार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दैछ। समितिका संयोजक पौडेलका अनुसार अस्पतालका कर्मचारीहरूबाट सेवाग्राहीसँगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भइरहेको छ।

बिरामी र आफन्तहरूलाई अस्पतालभित्रका सूचना सहज बनाउने काम पनि गरिएको छ। शौचालयसहित अन्य ठाउँहरूमा सरसफाइको नियमित अनुगमनको काम पनि थालिएको छ। उनले भने, ‘कम खर्चमा फरकपना दिलाउने गरी हामी काममा लागेका छौँ।’ अस्पताल प्रशासनले अगाडि रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधारा र बगैँचा बनाउने तयारी गरेको छ। कोही अस्पताल आउँदा जति नै तनाव लिएर आए पनि यहाँ छिरिसकेपछि वातावरणीय रूपमा शान्त बनाउने गरी काम भइरहेको छ।

बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्त्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यस अस्पतालमा विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। एकै दिनमा तीन हजार ८०० जनासम्मले बहिरङ्ग सेवाबाट उपचार लिएको तथ्याङ्क छ।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.