• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवनमा ‘पार्वती’को प्रचारप्रसार, अटिजमको संवेदनशील कथा दर्शकमाझ

  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

चितवन । नेपाली चलचित्र ‘पार्वती’को प्रचारप्रसारका लागि चितवनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा निर्माण पक्षले चलचित्रको कथावस्तु, कलाकार र प्रदर्शन तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराएको हो।

अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशन रहेको ‘पार्वती’ भदौ १२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। चलचित्रमा अटिजम भएकी दिदी र उनका भाइबीचको माया, आत्मीयता र संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रमा नीता ढुङ्गाना स्वयं मुख्य भूमिकामा छिन् भने बाल कलाकार तथा गायक अशोक दर्जीले उनका भाइको भूमिका निर्वाह गरेका छन्। दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

निर्मात्रीसमेत रहेकी ढुङ्गानाका अनुसार ‘पार्वती’को कथा अटिजम भएका व्यक्तिको जीवन, भावना र व्यवहारबारे गहिरो अनुसन्धानपछि तयार गरिएको हो। अटिजम भएकी दिदीको दैनिक जीवन, उनको भावना र भाइसँगको सम्बन्धमा विकसित हुने माया तथा पारिवारिक संघर्षलाई चलचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

ढुङ्गानाले ‘पार्वती’को कथालाई अन्य चलचित्रसँग तुलना गर्न नहुने बताउँदै यसको विषयवस्तु र कथा आफ्नै किसिमको रहेको स्पष्ट पारेकी छन्।

फरक विषयवस्तु र भावनात्मक प्रस्तुतिका कारण चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षको भनाइ छ। चलचित्रले परिवार र सम्बन्धको महत्वसँगै अटिजम भएका व्यक्तिलाई बुझ्ने दृष्टिकोणबारे पनि सन्देश दिने अपेक्षा गरिएको छ।

‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। यससँगै परिवारका सबै सदस्यले एकसाथ बसेर चलचित्र हेर्न सक्ने निर्माण पक्षले जनाएको छ।

चितवनको पत्रकार भेटघाटमार्फत निर्माण पक्षले दर्शकलाई चलचित्रलाई माया र साथ दिन आग्रह गर्दै भदौ १२ गतेदेखि नजिकैको सिनेमा हलमा पुगेर ‘पार्वती’ हेर्न अनुरोध गरेको छ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.