जेठ २७ , चितवन। शुक्रबार बिहान ४ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका मौवाखोला नजिकै काठमाडौँबाट भारतको सिलगढीतर्फ जान लागेको बा ५ ख ७८४३ नम्बरको बसले सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले घटनास्थल तथा लास जाँच मुचुल्का तयार गरी शव पोस्ट मार्टमको लागि भरतपुर अस्पताल पठाइएको र बस तथा चालक इलाका प्रहरी कार्यालय, मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
जाम भएका कारण बसको तल सुतेका सहचालक अचानक बस चलेपछि दुर्घटनामा परेको सूचना प्राप्त भएको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया


