• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु

  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

चितवन । डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ सङ्कलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार रसुवा बाढीका कारण पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका ढलेका तथा बगेका काठ–दाउरा नारायणी नदी किनारमा ठुलो मात्रामा थुप्रिएका छन् । नदी किनारबाट स्थानीयवासीले जथाभाबी काठ उठाउन थालेपछि वन कार्यालयले निगरानी र नियन्त्रणको काम सुरु गरेको हो । नदी किनारमा शव भेटिएका बेला मानिसले शवको बेवास्ता गर्दै काठ सङ्कलनका लागि आफ्नो ज्यानै जोखिममा पारेर नदीमा पसेका थिए ।

प्रमुख आचार्यले भने, “नदीले बगाएर ल्याएको काठ उठाउन पाइँदैन । यसरी सङ्कलन गरिएका काठ गैरकानुनी हुन्छन् । यसअघि सबै जना शव व्यवस्थापनमा केन्द्रित भएकाले काठ नियन्त्रणमा कदम चाल्न सकेका थिएनौँ । अब शव भेटिन कम भएकाले आजैदेखि नदी किनारमा रहेका काठको निगरानी र नियन्त्रण गर्ने काम सुरु गरेका छौँ ।”

विशेषगरी नारायणीको देवघाट क्षेत्रदेखि पुलचोक, भरतपुर महानगरपालिका–३ आसपास तथा नारायणी, ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वन क्षेत्रको नदी किनारमा ठुलो मात्रामा काठ थुप्रिएको उनले बताए ।

नदीको तीव्र बहाव र जोखिमयुक्त स्थानमा प्रवेश गरी काठ निकाल्ने, तान्ने, काट्ने, ओसारपसार गर्ने, बिक्री–वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य नगर्न सबैलाई सूचित गरिएको आचार्यले बताए ।

अवैध रूपमा सङ्कलन गरिएका काठ वन कार्यालयले जफत गर्ने उहाँको भनाइ छ । अधिकृत आचार्यले कसैले आफूखुसी काठ सङ्कलन, चोरी, निकासी वा बिक्री–वितरण गरेको पाइएमा वन ऐन, २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिए ।

बाढीले बगाएर ल्याएका काठ–दाउराको पहिचान, लगत सङ्कलन, नाप जाँच र व्यवस्थापन वन कार्यालयबाटै गरिने भएकाले कतै काठ–दाउरा देखिएमा नजिकको वन कार्यालय, वन कर्मचारी वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई जानकारी गराइ सहयोग गर्न डिभिजन वन कार्यालय चितवनले अनुरोध गरेको छ ।

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.