जेठ २७ , चितवन। शुक्रबार बिहान ६ बजेको समयमा चितवनको राप्ती-१ डिपार्टस्थितमा गाउँबस्ती नजिकै तरकारी टिप्न खेतमा जाने क्रममा ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) बाघको आक्रमणबाट घाइते भएका छन् ।
बाघको आक्रमणबाट घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा अस्थायी प्रहरी पोस्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले घाइतेको उद्धार गरेको हो । निज वाइवाको अनुहार र घाँटीमा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बाघले आक्रमण गरी राप्ती १ का सुकबहादुर थिङको एउटा भैँसी र सुकराम तामाङको दुईवटा वटा बङ्गुर मारेको थियो भने जीतबहादुर थिङको एउटा गाईलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
फोटो : प्रकाश ज्ञवाली
तपाईको प्रतिक्रिया



