चितवन । चितवनको रत्ननगरमा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–९ स्थित टिकौली जंगलमा शनिबार बिहान करिब २ः५० बजे पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.३७ प ७०९६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–७ का ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिए पनि उपचारकै क्रममा बिहान ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मिनी ट्रक चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ४० वर्षीय रामेश्वर खरविन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया


