जेठ २७ ,चितवन । नारायणगढ मुग्लिन सडकको टोपे खोलामा शुक्रबार बिहान पहिरो खसेपछि दुई तर्फी रुपमा नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । बिहान पौने नौ बजेतिर सो ठाउँमा पहिरो खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । बाटो खुलाउन डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
बिहीबारको पहिरोको कारण शुक्रबार बिहान पृथ्वीराजमार्गको फिस्लिङ बजारमा देखिएका गाडीहरु । सुख्खा पहिरो खसेपछि बाटो फेरि अवरुद्ध भएको छ ।
तपाईको प्रतिक्रिया


