जेठ २८ , काठमाडौं । देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को टिजर रिलिज भएको छ । जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ स्लोगन राखिएको चलचित्र ‘काँडेतार’ लाई नवल खड्काले निर्देशन र निर्माण गरेका हुन्।
चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिको संरक्षण मात्रै र असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ।नवल खड्काले विगतदेखि नै देशभक्तिपुर्ण चलचित्रहरू दशगजा, आवाज, भिमदत्त जस्ता निर्माण गर्दै आईरहेका छन् ।
चलचित्रमा नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा ,संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, अन्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्का आदीको अभिनय रहेको छ।
मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।


