चितवन । भरतपुर महानगरपालिका–८ स्थित सद्गुण दाना फ्याक्ट्रीको गेटमा सुतेका एक कामदारलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ३ः३० बजे फ्याक्ट्रीको गेटमा सुतेका भरतपुर महानगरपालिका–५ बस्ने ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरलाई सवारीसाधनले ठक्कर दिएको थियो।
ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेका मगरलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर ल्याइएको थियो। उपचारकै क्रममा बिहान ६ः२६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने ना.५ ख ८४६५ नम्बरको ट्रक र चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सर्फराज आलमलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


