• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार

  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका-३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’ मा दुई वर्षअघिसम्म स्थानीय ग्राहक मात्रै आउँथे। म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेका छन्।

‘सामाजिक सञ्जाल टिकटक र फेसबुकमा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन,’ सञ्चालक कमला बानियाँ थापा भन्छिन्, ‘कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ। यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे।’

थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमह जस्ता स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ। फेसबुक र टिकटकमार्फत सामानको प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भएको थापा बताउँछिन्। पहिला स्थानीय उपभोक्तामै सीमित रहेकोमा अहिले सामान भए ग्राहकको कमी नभएको उनको अनुभव छ।

दश वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले विसं २०७७ मा आफ्नै घरमा सुरु गरेको व्यवसाय सञ्चालनका लागि सुरुमा ज्ञान र सीपको कमीले घाटा व्यहोर्नु परेको थियो। गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि उनले नयाँ अनुभव प्राप्त गरिन्। अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको उनले सुनाइन्।

कृषक र उद्यमीबाट ल्याएको सामान उनले ‘फेसबुक पेज’ र ‘टिकटक’ मार्फत सार्वजनिक गर्ने गर्छिन्। सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर मानिसहरू सामान खरिद गर्न आउँछन्। बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीले समेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन्।

स्थानीय ग्राहक आफैँ पसलमा आएर सामान लैजाने गर्छन्। देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ भने विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्छन्। सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको सङ्ख्यासमेत बढेको छ। ‘सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि हुनुहुन्छ,’ थापा भन्छिन्।

हाल थापा लोकल मार्टबाट वार्षिक ३५ देखि ४० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वार्षिक सात लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन्। व्यवसायमा उनका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले सहयोग गर्दै आएका छन्। कामको चाप बढेका बेला स्थानीय मजदुरलाई समेत आंशिक रोजगारी दिने गरिएको छ।

‘पहिला बजार खोज्दै सामान बेच्नुपर्थ्यो, अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ,’ थापा भन्छिन्, ‘सामाजिक सञ्जालले हाम्रो व्यवसायलाई नयाँ बजार दिएको छ।’ स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पुर्याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने उनको ठम्याइ छ। ‘महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। त्यसका लागि आफ्नो सीप र क्षमतालाई निरन्तर परिमार्जन गर्दै उद्यमशीलतामा लाग्न आवश्यक छ,’ उनी भन्छिन्, ‘इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोग गर्न सके गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ।’

व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नेपालका अन्य ठाउँमा समेत विस्तार गर्ने थापाको योजना छ। सामाजिक सञ्जालको पहुँचलाई थप विस्तार गर्दै म्याग्दी, मुस्ताङ र पर्वतमा उत्पादन हुने थप रैथाने वस्तुलाई बजारमा ल्याउने उनले लक्ष्य राखेकी छन्। गाउँका उत्पादनलाई गाउँमै सीमित नराखी डिजिटल माध्यमबाट देश-विदेशका उपभोक्तासम्म पुर्याउने थापाको प्रयासले साना उद्यमको विस्तारका लागि सामाजिक सञ्जाल प्रभावकारी साधन बन्न सक्ने उदाहरण प्रस्तुत गरेको छ।

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.