चितवन । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा देवदह ब्वाइज रुपन्देहीलाई पराजित गर्दै बिएफसीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। बिएफसीको जितमा मुकुन्द निउरेले निर्णायक एकमात्र गोल गरे।
देवदहविरुद्धको जितसँगै बिएफसी पहिलोपटक चितवन गोल्डकपको फाइनलमा पुगेको हो। बिएफसीका गोलकिपर दीप कार्की प्लेयर अफ दि म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत बिहीबार नै दोस्रो सेमिफाइनल हुँदैछ। दोस्रो सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसी र एनपेनाङ एफसी मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल असोज ३ गते हुनेछ। विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
तपाईको प्रतिक्रिया


