• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सुरुङभित्रको संकट र संघर्षको कथा, ‘टनेल २६’को ट्रेलर सार्वजनिक

  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्र आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा नेपाली तथा भुटानी निर्माता, कलाकार र प्राविधिक सहभागी थिए। कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोलीसमेत नेपाल आएको थियो।

सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको दुर्घटनापछि उत्पन्न संकट र त्यसले निम्त्याउने परिस्थितिलाई प्रस्तुत गरिएको छ। डिजास्टर जनरामा निर्माण भएको चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङमै समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ। चलचित्रको छायांकन करिब १०० दिनसम्म चलेको थियो। सुरुङभित्रको दुर्घटना, त्यसपछि सिर्जना हुने संकट र पात्रहरूले सामना गर्ने परिस्थितिलाई ट्रेलरमा केन्द्रमा राखिएको छ।

चलचित्रमा दृश्य प्रभाव तथा भीएफएक्सको प्रयोग गरिएको छ। निर्माण पक्षले चलचित्रलाई अन्तर्राष्ट्रियस्तरको दृश्यात्मक स्वरूप दिने प्रयास गरिएको जनाएको छ।

‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको DoMCIIP तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। खड्काले चलचित्रको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान दिएका छन्। ‘टनेल २६’ प्रदीपको चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।

चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय रहेको चलचित्रमा सङ्गे छेल्ट्रिम मुख्य कलाकार तथा निर्माता पनि हुन्।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता निर्वाण चौधरीले चलचित्र निर्माणमा साझेदारका रूपमा जोडिन पाउँदा खुसी लागेको बताए। उनले आफ्ना बुबा विनोद चौधरीले चार दशकअघि फिल्म निर्माण गरेको स्मरण गर्दै आफूले पनि फिल्म निर्माणलाई निरन्तरता दिने बताए। नेपाल र भुटानका कलाकार तथा प्राविधिकको सहकार्यमा काम गर्न पाउँदा उत्साहित रहेको उनको भनाइ थियो।

क्रिएटिभ प्रोड्युसर प्रदीप खड्काले निर्वाण चौधरी तथा भुटानका कलाकार र प्राविधिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले आफू चलचित्रमा निर्माताका रूपमा मात्र जोडिएको र कलाकारका रूपमा अभिनय नगरेको स्पष्ट पारे।

मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले चलचित्र निर्माणमा नेपाल र भुटानको टिमले गरेको सहकार्यबाट राम्रो परिणाम आएको बताए। उनले चलचित्रको आम्दानीको २५ प्रतिशत अर्थात् आफ्नो सेयरबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा पनि गरे। नेपालमा पछिल्लो समय आएको बाढीबाट भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरेका थिए।

निर्देशक डीडी किन्लेले चलचित्रबारे धेरै बोल्नुभन्दा प्रदर्शनपछि दर्शकले हेरेर मूल्यांकन गर्ने बताए।

चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा प्रोडक्सन डिजाइनर, पेमा लामो प्रोडक्सन म्यानेजर तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुख छन्।

चलचित्रको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। तेर्डसाक जानपानले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन् भने करण थामावोङले ध्वनि डिजाइन तथा रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन्। चलचित्रको भीएफएक्स निफान स्टुडियोले तयार पारेको हो।

नेपालमा चलचित्रको व्यवस्थापन लिभेन्ट्स स्टुडियो प्रालिले गरेको छ भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.