काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’ शीर्ष गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक शीर्ष गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मि विश्वकर्माको स्वर रहेको छ। अभि सुनारको शब्द तथा संगीत, विशाल निरौलाको एरेन्जमेन्ट र रञ्जन राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा भुवन गन्धर्वको रिदम, रत्न बीकेको बाँसुरी, समीर जैरुको सनाई र सञ्जीव बराइलीको गिटार रहेको छ।
आमा सरस्वती मुभिजको प्रस्तुति तथा रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, सानिशा भट्टराई, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लाम्साल, विष्णु सापकोटा, रविन्द्र झा, कर्म शाक्य, रियान गिरी र शारदा गिरीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन् भने संवाद पनि उनकै रहेको छ। निर्देशक दीपेन्द्र लामाले चलचित्रको निर्देशन गरेका हुन्। दीपाश्री निरौला सल्लाहकारका रूपमा जोडिएकी छन्।
चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी हुन्। धिरज चापागाईं प्रोडक्सन डिजाइनर, सुशन प्रजापति डीओपी, आलोक शुक्ला सिनेमाटोग्राफर तथा विपिन मल्ल सम्पादक हुन्।
चलचित्रमा विशाल प्रजापतिको छायांकन, त्सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक, मुकेश शाहको साउन्ड डिजाइन तथा रि–रेकर्डिङ मिक्सिङ रहेको छ। किरण थापा कोरियोग्राफर तथा रोजेश श्रेष्ठ थ्रिल विभागमा छन्।
आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति तथा रोहित अधिकारी फिल्म्सको निर्माण रहेको ‘छ माया छपक्कै २’लाई असोज ३१ गते अर्थात् दसैँको फूलपातीका दिनदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।


