चितवन । नारायणी नदीले खतराको तह पार गरेपछि चितवनका तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै नारायणीको जलसतह निरन्तर बढिरहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेको हो।
प्राधिकरणका अनुसार नारायणी नदीको जलसतह ११ मिटर नाघिसकेको छ भने थप बढेर १३ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
समाचार तयार पार्दासम्म नारायणीको जलसतह ११.४८ मिटर पुगेको छ। नारायणीमा ७.३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ।
तपाईको प्रतिक्रिया


