• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चार भाषामा आयो ‘प्रतिवैरम्’को ‘माहोल गरम’, प्रियंका कार्कीको आइटम अवतार

  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित

काठमाडौं । रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम्’को आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ। निर्माण पक्षले चलचित्रको प्रचारलाई तीव्रता दिने उद्देश्यले गीतलाई नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा सार्वजनिक गरेको हो।

नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनबाट रिलिज गरिएको छ। नेपाली संस्करणमा रोशन दासको शब्द र मनीष अधिकारीको संगीत रहेको छ। हृतिका श्रेष्ठको स्वर रहेको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ।

हिन्दी संस्करण ‘जवानी कातिल’, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक भएका छन्। हिन्दीमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको छ। मैथिली र भोजपुरी संस्करणमा सुमन मण्डलको शब्द तथा समीक्षा चौधरीको स्वर रहेको छ।

गीतमा प्रियंका कार्कीसँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकाल देखिएका छन्। मनोरञ्जनात्मक प्रस्तुतिसँगै गीतमा चलचित्रका केही एक्सन दृश्यसमेत समेटिएको छ। गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ‘प्रतिवैरम्’ सम्राटको डेब्यु चलचित्रसमेत हो।

नितेश घतान र हरि ढकालले छायांकन गरेको गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन्। कबिर ओड र पंकज महतोको सम्पादन तथा समीर मियाँको भीएफएक्स रहेको छ।

चलचित्रमा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।

रोशन दासको कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्। हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह–निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी रहेका छन्।

रेज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको ‘प्रतिवैरम्’ आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टको सहकार्यमा निर्माण भएको हो। चलचित्र मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। यसको वितरण नेसनल सिनेमा ग्रुपले गर्नेछ।

मधेशको सामाजिक परिवेश, एक्सन, सम्बन्ध, अपराध र बदलाको कथामा आधारित चलचित्र नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.