• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज १८ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आइतबारदेखि सुरु हुँदै छ । दिउँसो २:०० बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

शनिबार खुलामञ्चमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय प्रवक्ता देवराज चालिसेले महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयो । उहाँले देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुन उत्साहका साथ काठमाडौँ आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले पार्टी केन्द्रीय  कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता भइरहेको जानकारी दिनुभयो । प्रवक्ता चालिसेका अनुसार उद्घाटन सत्रपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुने छ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेस गर्ने कार्यक्रम राखिएको छ ।  प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाइ तीन फरक हलमा छलफल गर्ने तयारी छ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत भएका प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

महाधिवेशन अन्तर्गत निर्वाचन समितिले असोज १९ गते अपराह्न २:०० देखि साँझ ६:०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । निर्वाचनका कार्यक्रम आवश्यकता अनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । प्रवक्ता चालिसेले महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपियाँ बुझाउनुपर्ने छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

इतिहासमा कांग्रेस महाधिवेशन 

  • पार्टी स्थापना, २००३ साल कात्तिक १५ गते, (बनारस, भारत, संयोजक : विश्वेश्वरप्रसाद कोइराला (नेपाली राष्ट्रिय कांग्रेस), अध्यक्ष : सुब्बा देवीप्रसाद सापकोटा ) 
  • पहिलो महाविधेशन : २००३ साल माघ १२–१३ गते भवानीपुर, कोलकाता, भारत, सभापति, टङ्कप्रसाद आचार्य (जेल), कार्यवाहक सभापति : विश्वेश्वरप्रसाद कोइराला
  • दोस्रो महाविधेशन : २००४ माघ २०–२२ गते बनारस, भारत, सभापति विश्वेश्वरप्रसाद कोइराला
  • तेस्रो महाधिवेशन : २००५ फागुन १८ गते, 
  • दरभङ्गा, विहार, भारत, सभापति, मातृकाप्रसाद कोइराला
  • चौथो महाधिवेशन :  २००६ साल चैत २७ गते कोलकाता, भारत, सभापति, मातृकाप्रसाद कोइराला
  • पाँचौँ महाधिवेशन : २००९ जेठ १०–१२ गते जनकपुर, सभापति, विश्वेश्वरप्रसाद कोइराला,
  • छैटौँ महाधिवेशन, २०१२ माघ, वीरगन्ज, सभापति, सुवर्णशमशेर जबरा
  • विशेष महाधिवेशन, २०१४ जेठ, विराटनगर, सभापति, विश्वेश्वरप्रसाद कोइराला
  • सातौँ महाधिवेशन, २०१७ वैशाख २५–३१ गते काठमाडौँ, सभापति, विश्वेश्वरप्रसाद कोइराला (२०३४ सम्म विश्वेश्वरप्रसाद कोइराला सभापति, त्यसै साल कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक दिइयो । भट्टराईले २०४८ फागुनसम्म चलाए ।) 
  • आठौँ महाधिवेशन, २०४८ फागुन १–३ गते झापा, सभापति कृष्णप्रसाद भट्टराई
  • नवौँ महाधिवेशन, २०५३ वैशाख २६–२८ गते काठमाडौँ, सभापति, गिरिजाप्रसाद कोइराला
  • दसौँ महाधिवेशन, २०५७ माघ ९ गते, पोखरा, सभापति, गिरिजाप्रसाद कोइराला
  • एघारौँ महाधिवेशन, २०६२ भदौ १४–१७ गते काठमाडौँ, सभापति, गिरिजाप्रसाद कोइराला
  • बाह्रौँ महाधिवेशन २०६७ असोज १–५ गते, काठमाडौँ, सभापति सुशील कोइराला 
  • तेह्रौँ महाधिवेशन, २०७२ फागुन २०–२३  काठमाडौँ, सभापति शेरबहादुर देउवा
  • चौधौँ महाधिवेशन, २०७८ साल मङ्सिर २४–२७ गते काठमाडौँ, सभापति शेरबहादुर देउवा
  • विशेष महाधिवेशन, २०८२ पुस २७ गते, काठमाडौँ, सभापति गगनकुमार थापा

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.