चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ फलेनीमा जंगली गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका ४२ वर्षीय भक्तबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको छ।
मिति २०८३/०६/१४ गते बिहान करिब ५ बजेको समयमा मर्निङवाकमा हिँडिरहेका घलेलाई एक्कासि जंगली गैंडाले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका घलेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो।
उपचारकै क्रममा मिति २०८३/०६/१९ गते राति २३:१२ बजे चिकित्सकले घलेलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया


