• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित

लमजुङ- कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले बिउँझाउथ्यो ।

झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए ।

आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी–जाँतोको प्रयोग घटदै गएको छ । प्रत्येक घरमा देखिने यी साधन अहिले कतै घरको कुनामा थन्किएका छन् भने कतै पुरानो पुस्ताको स्मरणमा मात्रै छन् ।

ढिकी नेपालको परम्परागत कुटानी–पिसानी प्रविधिको महत्वपूर्ण साधन हो । धान कुट्न, कोदो तथा जौको भुस निकाल्न, चिउरा बनाउन र विभिन्न खाद्य सामग्री कुट्न यसको प्रयोग हुन्थ्यो । जाँतोमा मकै, कोदो, फापर, गहुँ, दाललगायत अन्न पिसिन्थ्यो । स्थानीय सामग्रीबाटै निर्माण हुने यी साधन गाउँको आवश्यकता र सीपअनुसार विकसित परम्परागत प्रविधिका उदाहरण थिए ।

दूधपोखरी गाउँपालिकाकी ८५ वर्षीया मायाकुमारी गुरुङलाई आफ्ना पालाका ती दिन अझै सम्झना छ । “हाम्रा पालामा सबै घरमा ढिकी हुन्थ्यो । मकैको छुट्टै, कोदोको छुट्टै जाँतो हुन्थ्यो । गाउँमा मिल आएपछि सबैले ढिकी–जाँतोे प्रयोग गर्न छाडे । त्यसबेलाको खानाको स्वाद सम्झँदा अहिले पनि जिब्रो रसाउँछ,” उहाँले भन्नुभयो ।

दोर्दी गाउँपालिका–४ की ७९ वर्षीया लालमाया घिमिरेले आफ्नो जीवनको अधिकांश समय ढिकी कुट्दै र जाँतो पिन्दै बिताउनुभयो । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरको स्वाद अहिले पनि बिर्सन नसकेको उहाँले सुनाउनुभयो ।

“पहिले गाउँमा ढिकी–जाँतो नभएको घर हुँदैनथ्यो । अहिले देख्नै मुस्किल छ । विगतका ती दिन सम्झँदा कथाजस्तै लाग्छ,” उहाँले भन्नुभयो ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका स्थानीय कामसार्की गुरुङका अनुसार गाउँमा करिब १३–१४ वर्षअघि विद्युतीय मिल सञ्चालनमा आएपछि ढिकी–जाँतोे प्रयोग गर्ने चलन लगभग समाप्त भएको हो । “पहिले सबै घरमा ढिकी–जाँतोे थियो । अहिले एकाध घरमा मात्रै बाँकी छ । परम्परा हराउँदै गएको देख्दा दुःख लाग्छ,” उहाँले भन्नुभयो ।

मर्स्याङ्दी गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार १०–१२ वर्षअघिसम्म गाउँका अधिकांश घरमा ढिकी–जाँतो नियमित प्रयोग हुन्थ्यो । अहिले एक–दुई घरमा मात्रै ती सामग्री बाँकी रहेको उहाँले बताउनुभयो । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँकी सावित्री रानामगरका अनुसार विद्युतीय मिल सञ्चालनमा आएपछि प्रयोग घट्दै गएर अहिले गाउँमा दुई घरमा मात्र ढिकी–जाँतोे बाँकी रहेको उहाँले सुनाउनुभयो ।

“मिल आएपछि सबैलाई सहज भयो । ढिकी–जाँतोेमा धेरै समय र मेहनत लाग्ने भएकाले प्रयोग घट्यो । तर यी हाम्रो संस्कृतिको चिनारी भएकाले हराउँदै जाँदा निकै दुःख लाग्छ,” उहाँले भन्नुभयो ।

विगतमा महिलाको दैनिक जीवन ढिकी–जाँतोेसँग जोडिएको थियो । बिहान सबेरैदेखि धान कुट्ने, मकै, कोदो, फापर, गहुँ र दाल पिस्ने गरिन्थ्यो । कतिपय स्थानका महिला एकै ठाउँमा भेला भएर पालैपालो कुटानी–पिसानी गर्ने चलन थियो ।

यसले श्रमसँगै आपसी भेटघाट र सामाजिक सम्बन्धलाई पनि जोड्ने गरेको पुरानो पुस्ताको अनुभव छ । त्यो श्रम सहज थिएन । स्थानीयका अनुसार विद्युतीय मिलमा एकमुरी धान करिब आधा घण्टामै कुट्न सकिन्छ । त्यही काम ढिकीमा गर्दा आधा दिनभन्दा बढी समय र निकै श्रम लाग्थ्यो ।

त्यसैले गाउँमा मिल स्थापना हुन थालेसँगै मानिसले समय र श्रम बचाउने आधुनिक प्रविधि रोजे । आधुनिक मिलले कुटानी–पिसानीको काम सहज बनाएको छ । समय र श्रम बचत भएको छ । त्यससँगै गाउँको परम्परागत श्रम संस्कृति, स्थानीय प्रविधि, आत्मनिर्भर जीवनशैली र मौलिक खानपानको एउटा अध्याय भने हराउँदै गएको छ । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरबाट तयार हुने परिकार पुरानो पुस्ताको दैनिक भोजनका हिस्सा थिए ।

त्यसैले ढिकी–जाँतो हराउनु एउटा साधन हराउनु मात्र नभई त्यससँग जोडिएको खानपान, सीप र जीवनपद्धतिको एउटा अंश हराउनु पनि हो । संरक्षणमा ध्यान नदिने हो भने आगामी पुस्ताले ढिकी–जाँतोेलाई प्रयोगमा होइन, इतिहासका पाना, सङ्ग्रहालय वा तस्बिरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ ।

स्थानीयवासीले परम्परागत ढिकी–जाँतो संरक्षणका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गरी होमस्टे, सांस्कृतिक पर्यटन, विद्यालयको स्थानीय पाठ्यक्रम तथा सामुदायिक सङ्ग्रहालयसँग जोड्नुपर्ने बताएका छन् । प्रयोगमा नआए पनि यस्ता सामग्री सुरक्षित राख्ने, नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी दिने तथा स्थानीय संस्कृति र पर्यटनसँग जोड्ने प्रयास गर्नुपर्ने उनीहरूको भनाइ छ ।

ढिकी–जाँतो हरेक घरमा चलाउन सम्भव नहोला । आधुनिक मिलले गाउँको जीवन सहज बनाएको छ । तर सहजतासँगै हराउँदै गएको मौलिक पहिचान जोगाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।

यसको इतिहास, प्रविधि र त्यससँग जोडिएको संस्कृति जोगाउन सके कुनै समय ग्रामीण बिहान ब्युँझाउने ‘ढुक…ढुक…’ आवाज कम्तीमा भावी पुस्ताका लागि जीवित सांस्कृतिक सम्पदाका रूपमा रहिरहनेछ ।

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.