जेठ ३१ , चितवन। जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । दुवै उम्मेद्वारले ७/७ मत ल्याउनुभएको थियो ।
जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बन्नुभएका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित हुनुभएको हो । दुवै उम्मेद्वारले ७/७ मत ल्याउनुभएको थियो । अधिकारी इच्छाकामना ३ बाट अत्यधिक मतसहित वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उप-प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । उप-प्रमुखमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
तीन जना खुला सदस्यमा एमाले दुईमा विजयी हुँदा कांग्रेसले एउटा सदस्य पद जित्यो । खुला सदस्यमा एमालेबाट कृष्णभक्त भट्टराई र बाबुराम सुवेदी विजयी भए । कांग्रेसबाट संजिवप्रसाद पौडेल निर्वाचित भए । उनीहरु सबै गोलाप्रथाबाट नै निर्वाचित भएका हुन् ।
तीन जना महिला सदस्यमा एकीकृत समाजवादीले एक र एमालेले दुई सदस्य जित्यो ।एकीकृत समाजवादीबाट पूजाना गुरुङ १४ मतका साथ विजयी भईन् । उनले एमालेबाट पनि मत पाईन् ।
महिला सदस्यमा एमालेले एक जना उम्मेदवार कम उठाएको थियो । प्रमुखमा एकीकृत समाजवादीले सहयोग गर्ने आन्तरिक तयारी भएपछि एमालेले एक उम्मेदवार कम उठाएको थियो ।
अन्य दुई सदस्यमा भने मत बराबर भएपछि गोलाप्रथा भयो । जसमा एमालेबाट सविता चौधरी र अनिता नेपाल निर्वाचित भए । दलित वा अल्पसंख्यक सदस्यमा एमालेकी गुनु विक निर्वाचित भईन् । मत बराबर भएपछि गोलप्रथामा उनलाई पनि भाग्यले साथ दियो ।


