• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘सारथी’को टिजर सार्वजनिक, निरुता सिंहलाई ‘आमा’ भन्दै देखिए गिरि विश्वकर्मा

  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमा ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर पारेर कार्तिक २ गते सोमबार सिनेमाको १ मिनेट ७ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा देखिएका डेब्यु अभिनेता गिरि विश्वकर्माको यात्रा प्रस्तुत गरिएको छ । जङ्गलको अँध्यारो बाटोमा हिँडिरहेका गिरि र अभिनेत्री निरुता सिंहबीचको सम्बन्ध के हो भन्ने जिज्ञासा टिजरले जन्माएको छ । टिजरको अन्त्यमा गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोधन गरेपछि सिनेमाको कथाप्रति दर्शकको कौतूहल थप बढेको छ ।

कुमार गजुरेलको निर्देशनमा निर्माण भएको सिनेमाको टिजरमा लालटिन बोकेर जङ्गलतर्फ लागेका गिरिको रहस्यमय यात्रालाई देखाइएको छ । यात्राका क्रममा देखिने अपरिचित आकृति, अचानक भाग्ने घोडा र त्यसलाई पछ्याउने क्रममा देखिएका रहस्यमय दृश्यले टिजरलाई थप रोचक बनाएका छन् ।

टिजरको अन्त्यमा निरुता सिंहको उपस्थितिसँगै गिरिले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेको दृश्यले सिनेमाको कथाबारे अनेक प्रश्न उब्जाएको छ । के निरुता सिनेमामा गिरिको आमाको भूमिकामा छिन् ? उनीहरूबीचको वास्तविक सम्बन्ध कस्तो छ ? कथा मातृत्व, विछोड र पारिवारिक सम्बन्धको वरिपरि घुमेको छ ? टिजरले यी प्रश्नको जवाफ खुलाएको छैन । तर, रहस्यमय दृश्य र भावनात्मक संकेतमार्फत सिनेमाप्रति दर्शकको उत्सुकता जगाउन निर्माण पक्ष सफल देखिएको छ ।

अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्च हुँदै सिनेमामा डेब्यु गर्दैछन् । लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै सिनेमामा देख्न पाउनु पनि ‘सारथी’को अर्को आकर्षण हो ।

सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

संकल्प भुजेलको छायांकन रहेको सिनेमामा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमामा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर सुन्न सकिन्छ ।

श्याम कार्की आर्ट डाइरेक्टर र गोविन्द खड्का ड्रेस कोअर्डिनेटर रहेको सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ । ‘सारथी’ आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।

मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.