• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रत्ननगर नगरपालिकाको बजेट १ अर्ब ३७ करोड २७ लाख

  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित

असार ११ , रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सहित १ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्षको लागि सो नगरपालिकाले १ अर्ब ३७ करोड ९८ लाख विनियोजन गरेको थियो । शुक्रबार अायाेजित ११ अाै नगर सभामा मेयर प्रल्हाद सापकाेटाले अागामी अार्थिक बर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगर सभामा सभामा उपमेयर यादवप्रसाद पाठकले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।

सो नगरपालिकाले आन्तरिक आम्दानीतर्फ राजश्वबाट ११ करोड, केन्द्र सरकारअन्तर्गत राजश्व वाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

प्रदेश सरकारअन्तर्गत राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

त्यसैगरी अन्तर स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति समपुरक अनुदान ८० लाख, जनसहभागिता १ करोड आम्दानी गर्ने लक्ष्य दिइएको छ । खर्चतर्फ आर्थिक विकासमा १ करोड ६४ लाख ५२ हजार, सामाजिक विकासमा २ करोड ५ लाख ६५ हजार, पूर्वाधार विकासमा २ करोड ४६ लाख ७८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा ७१ लाख ९८ हजार, सुशासन तथा संस्थागत विकास ३० लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी समपुरकतर्फका योजना तथा कार्यक्रम ३ करोड ८ लाख ४८ हजार, जिल्ला समन्वय समिति तथा सडक बोर्ड २ करोड ७३ लाख, सामाजिक सुरक्षा ३० करोड, प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २ करोड ६७ लाख, नगर गौरभका योजना तथा कार्यक्रम ३ करोड ८ लाख ४८ हजार, प्रशासनिक तथा चालु खर्चमा २२ करोड ५० लाख,ससर्त कार्यक्रम संघीय र प्रदेश सरकार ३७ करोड ८१ लाख,वडागत चालु र पूँजीगत खर्च १५ करोड ९९ लाख विनियोजन गरिएको छ ।

सो नगरपालिकाले ११ वटा महत्त्वपूर्ण भन्दै नगर गौरवको योजना अघि सारेको छ । जसअन्तर्गत दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान, घाँस उत्पादनमा अनुदान, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, नगर प्रमुख उद्यमशीलता कार्यक्रम, वागदेवी आधारभूत इन्जिनियरिङ, उज्यालो रत्ननगर अभियान, कृष्णसार संरक्षण, जग्गा भाडामा दिर्इ खेति गर्नेलाई प्रोत्साहन कार्यक्रम, गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा ५० प्रतिशत अनुदान, अतिविपन्नको उपचारको लागि सहायता कोष स्थापना र वाटर किङ्डम निर्माण रहेका छन् ।

यसका लागि ३ करोड ८ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको उपमेयर यादवप्रसाद पाठकले जानकारी दिए । वडागत रुपमा वडा नं १ मा १ करोड १ लाख,वडा नं २ मा १ करोड ८१ हजार,वडा नं ३ मा ९७ लाख ३५ हजार,वडा नं ४ मा ९८ लाख ७० हजार,वडा नं ५ मा ९६ लाख ७१ हजार,वडा नं ६ मा १ करोड ४ लाख ७७ हजार,वडा नं ७ मा ९८ लाख ५४ हजार,वडा नं ८ मा ९७ लाख ८७ हजार बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं ९ मा ९९ लाख ३२ हजार,वडा नं १० मा १ करोड ६७ हजार,वडा नं ११ मा १ करोड ६ लाख ९३ हजार,वडा नं १२ मा ९९ लाख ४० हजार,वडा नं १३ मा १ करोड १ लाख ९८ हजार,वडा नं १४ मा १ करोड ९१ हजार,वडा नं १५ मा ९६ लाख ६८ हजार र वडा नं १६ मा ९७ लाख ७२ हजार रुपैया विनियोजन गरिएको छ ।

रत्ननगर नगरकार्यपालिकाको ११औँ नगरसभामा नगरप्रमुख प्रल्हाद सापकोटाले २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षालाई आफ्नो आधार लक्ष्य बनाएको उल्लेख गरे ।

उनले ‘स्वस्थ नागरिक स्वच्छ रत्ननगर’ भन्ने नाराका साथ नगरवासीको अधिकार प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रममा समावेश गरेको जनाएका छन् ।

यस्तै, नगरप्रमुख सापकोटाले कृषि तथा पशुपालन, पर्यटन विकास, भौतिक पूर्वाधार विकास, बालबालिका तथा युवालक्षित कार्यक्रम, खेलकुद, सामाजिक सुरक्षा, सुशासन, संस्कृति, कला, भाषा, साहित्य, सूचना, सञ्चार, प्रविधि, उद्योगधन्दा प्रवद्र्धन, वातावरण तथा विपद् व्यवस्थापन गर्न विशेष कार्यनीति लागू गरिने बताएका छन् ।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सहजीकरण गरेका थिए । नगर सभामा उत्कृष्ट कर्मचारीको रुपमा दीपा घिमिरे, रामप्रसाद बस्ताकोटी र राजेन्द्र बराललाई नगद पुरस्कारसहित समान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

शनिबार, असार ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.