असार १६ , काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गर्नुभएको हो ।
आर्थिक वर्ष २०७३/७४ को कार्यविधिअनुसार फारम भरेका चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो । विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा कलाकार उत्तम केसी, सुन्दरलाल श्रेष्ठ, शिवहरी नेपाल “वैरागी”, भुवन केसी, सन्तोष पन्त, किरण कुमार केसी, सुशील पोखरेल, राज कुमार पोखरेल, विजय देउजा, सपना श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली, मनोजकुमार केसी, नारायण प्रधानलगायत अन्य हुनुहुन्छ ।
कार्यक्रममा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बनिरहेका स्टुडियोलाई सञ्चालन गर्न प्राथमिकता दिँदै अगाडि बढ्ने र आगामी दिनमा पनि विशिष्ट श्रेणीको परिचय पत्र वितरण गर्ने बताउनुभयो । कार्यक्रममा परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमासमेत गरिएको छ ।
विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीः
– चैत्यदेवी सिंह
– मोहनलाल सराफ
– गौरीशंकर धुजु श्रेष्ठ
– नरेन्द्रबहादुर खड्का क्षेत्री
– अर्जुनजंग शाही
– रविप्रसाद गिरी (रविन गिरी)
– सानुकुमार ताम्राकार
– ऋद्धिचरण श्रेष्ठ
– राजाराम पौडेल
– सन्तोष पन्त
– मन्दिल श्रेष्ठ
– उज्जवलप्रसाद घिमिरे ।
– पवनप्रसाद मैनाली
– भुवन के.सी.
– सुन्दरलाल श्रेष्ठ
– शिव ढकाल
– विरेन्द्र नारायण श्रेष्ठ
– किरण कुमार के.सी.
– जुजुभाइ महर्जन (जय श्रेष्ठ)
– गणेशप्रसाद उपाध्याय खनाल
– मदन घिमिरे
– प्रकाश चन्द्र सुबेदी
– नानीबाबु महर्जन
– उत्तम केसी
– अर्जुन श्रेष्ठ
– गोपालकाजी कायस्थ
– राजेन्द्र शर्मा शलभ
– दिनेशराज दहाल (डि.सी.)
– धिरन शाक्य (धिरेन शाक्य)
– रुद्रप्रसाद पन्त (आर.पी. पन्त) निर्माता कलाकार
– हिमाल बहादुर के.सी.
– सुशील पोखरेल
– डा. भोला प्रसाद रिजाल
– दयाराम दाहाल
– बनिष विक्रम शाह
– नरेन्द्र महर्जन
– माधव प्रसाद थपलिया
-लक्ष्मणविक्रम बस्नेत
– कुल बहादुर महत (जेठा दाई)
– उद्धवराज भट्टराई
– कमल कान्त सेढाई ।
– ज्योती लाल राना
– मनोज कुमार आचार्य
– मुकुन्द किशोर भट्टराई
– किशोर कुमार ढकाल
– नारायण प्रधान
– उत्तम द्वा
– शिवहरी नेपाल “वैरागी“
– चिरञ्जीवी बस्नेत
– दीर्घ वीर गुरुङ
– लव वैष्णव (शर्मा)
– मनोजकुमार के.सी.
– केशव प्रसाद पण्डित “शुरवीर“ .
– रिता राना (रितु)
– सपना श्रेष्ठ
– प्रदिपलाल श्रेष्ठ
– रामकाजी घिमिरे
– विकास राज आचार्य
– विजय देउजा
– ज्ञानेन्द्र बहादुर देउजा
– मदनमान पति बज्राचार्य
– राजकुमार पोखरेल


