• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्र

  •   बिहिबार, असार १६, २०७९ मा प्रकाशित

असार १६ , काठमाडौं । आशिष अधिकारी
चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ । आज भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ ।

विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाले बताउनु भयो । अधिबक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको छ । शक्ति समूह मानव बेचबिखन ओसारपसार तथा बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन ।

जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको देखिन्छ । बिदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांकले देखाएको छ कोइरालाले भन्नू भयो । उहाँका अनुसार प्रति एक सयमा एक जना पुरुषको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अबैध रुपमा सन्चालनमा आएका बालगृहहरुलाइ बन्द गर्ने तयारी पनि गरिरहेको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगर स्वास्थ तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलकाले कुनै पनि बाहनामा कसैलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुलाइ पनि मानव बेचबिखन भनिन्छ । भरतपुर महानगरले बिगतका बर्ष देखि नै चितवन जिल्ला बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुनर्स्थापना गर्दै आइरहेको छ ।

नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । चितवनमा मात्रै ७४ प्रतिशत बालगृहहरु सन्चालनमा रहेका छन । बिदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।

ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ । कार्यक्रममा बोल्दै भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र चितवन बन्दै गएको कुरा सुन्दा निकै दुख लागेको बताउदै यस कार्यलाइ तत्काल रोक्न हामी सबै लाग्नुको विकल्प नभएको बताउनु भयो ।

कार्यक्रमलाई समापन गर्दै उप प्रमुख चित्रसेन अधिकारले मानबले मानबलाइ दुख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै गएको प्रती दुख व्यक्त गर्नु भयो । उप प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नु भयो ।

बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.