आशिष अधिकारी
असार १८।चितवन ।रार्ष्ट्रिय भुमि आयोग चितवनले भरतपुर महानगरका नव निर्वाचित जनप्रतिनिधिहरु सग भूमि दर्ता तथा नाप नक्साका सम्बन्धमा छलफल गरेको छ । भूमि दर्ता तथा नाप नक्साका सम्बन्धमा महानगरका २९ वटै वडाका अध्यक्षहरुलाइ स्थानीय स्तरबाट गर्न सक्ने कामको बारेमा सहजीकरण गरिएको र्राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनु भयो । र्राष्ट्रिय भुमि आयोग चितवन र भरतपुर महानगरपालिका बिच आज भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे ।
कार्यक्रम माथी प्रकाश पार्दै अध्यक्ष तिमिल्सिनाले दलित भूमिहिन सुकुम्बासीहरुलाइ पुर्जा दिने काममा सहयोग गर्न सम्पुर्ण वडा अध्यक्षहरु सग आग्रह पनि गर्नु भयो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेर बसेका हरु सबैलाइ निस्सा बाडने काम सकिसकेको पनि तिमिल्सिनाले बताउनु भयो ।
२०७८ माघ ९ गते जिल्लामा गठन भएको आयोगले भरतपुरको वडा नम्बर २ बाट लालपुर्जा बाड्ने कार्यको शुरूवात गरेको थियोे । तिमिल्सिनाले असार महिना भित्रमा वडा नम्बर २ का १ सय ४५ भूमिहिन सुकुम्बासीहरुलाइ पुर्जा बितरण गर्ने बताउनु भयो । उहाँले भरतपुरका धेरै जसो वडाहरुमा नाप जाँच गर्ने काम सम्पन्न भइ सकेको बताउदै चितवनलाई भूमिहिन सुकुम्बासी जिल्लाको रुपमा घोषणा गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत सकलन गर्ने सवालमा आयोगसँग सहजीकरण गर्ने महानगर तयाए रहेको बताउनु भयो । उहाँले भन्नू भयो,भूमिहिन दलित, भूमिहिन सुकुम्बासीहरुको समस्या महानगरको समस्या भएको हुदा जुनसुकै सहयोग गर्ने पनि महानगर तयार रहेको छ । आयोगका सदस्य सचिब गिरिश कुमार लाल कणले नाप नक्सा तथा जग्गा दर्ताको प्रक्रियाको बारेमा प्रष्ट पार्नु भएको थियोे । आयोगले भूमिहिन दलित, सुकुम्बासीहरुलाइ न्युनतम ८ धुर जग्गाको पुर्जा दिने प्राबधान बनाएको छ । चितवनमा माडी नगरपालिकामा ६ हजार, कालिका नगरपालिकामा ५ हजार ९ सय, इच्छाकामना गाउपालिकामा ४ हजार ८ सय, भरतपुर महानगरमा १० हजार ८५, खैरहनीमा ६ हजार र राप्तिमा ५ हजार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी रहेका छन ।


