• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

घर भत्किएपछि अलपत्र परेकी डिलादेवीलाई भरतपुर महानगरले घर र जग्गा दिने

  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित

असार २० , भरतपुर । पुलचोक–गोन्द्राङ सडकखण्ड विस्तारको क्रममा घर भत्किएपछि अलपत्र परेकी ६२ वर्षीया डिलादेवी रिजालको बसोवासको जिम्मा महानगरले लिने गरी छलफल चलाइएको छ । आफ्नो अघिल्लो कार्यकालमै समस्या समाधानका लागि प्रस्ताव गरेकोमा डिलादेवीले अस्वीकार गर्दा समाधान नभएको बताउँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘उहाँलाई अलपत्र हुन दिन्नौँ ।’

डिलादेवीको २०२५ सालदेखिको बसोवास उठाइएपछि उनको बसोवासको विकल्पबारे स्थानीय सरकारलाई दबाव परेको छ । असार ७ गते उनको घर भत्काइएको थियो । यसअघि नै गणेशस्थान क्षेत्रमा ८ धुर जग्गा, त्यस जग्गामा २ कोठे घर र बाँचुञ्जेल क्यान्सरको निःशुल्क उपचार महानगरले जिम्मा लिने प्रस्ताव थियो । तर, बसोवास क्षेत्र अपायक परेको भन्दै डिलादेवीले असहमति प्रकट गरेकी थिइन् ।

गत हप्ता सडक विभागले उनको पुरानो थातथलो भत्काएपछि उनी अहिले आफन्तको घरमा शरणमा छिन् । ‘केही दिनका लागि आपत प¥यो भनेकाले बस्न दिएका छन्’, डिलादेवीले भनिन्, ‘आफन्तलाई पनि कति दिन दुःख दिने !’
०७७ पुस महिनामा भरतपुर महानगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर दाहालले भनेकी थिइन्, ‘घरवास नभएकाहरुको सहारा हामी हौँ, विकासका काम हुँदा कोही फेरि घरवासविहीन हुन्छ भने हामी उनीहरुको पनि सम्बोधन गर्छौं । डिलादेवीको पनि यस्तै समस्या हो, समाधान गर्छौं ।’

पहिलो कार्यकालमा उनको समस्या समाधान गर्न असमर्थ भए पनि यसपटक आफूहरुको प्रस्ताव स्वीकार भएमा महानगरले कार्यान्वयन गर्ने मेयर दाहाल बताउँछिन् ।

भरतपुर वडा–१० का अध्यक्ष परमेश्वर खनालले डिलादेवीको समस्या छिटै समाधान हुने बताए । उहाँको समस्याबारे आफूहरु जानकार साथै चिन्तित रहेको बताउँदै वडा अध्यक्ष खनालले भने, ‘आफ्नो वडाको बासिन्दाका लागि न्याय दिलाउने जिम्मा मेरो हो । आगामी कार्यपालिका बैठकबाट उनको न्यायको सम्बोधन गर्ने प्रयास रहन्छ ।’

श्रीमान्को विसं २०६० सालमा मृत्यु भयो । सन्तान अरु कोही छैनन् । डिलादेवी एक्ली भइन् । नारायणगढ–हेटौँडा राजमार्ग विस्तारको क्रममा अन्य क्षेत्रका बासिन्दाले मुआब्जा पाएको तर आफूहरुलाई नदिइएको उनले बताइन् । २०३२ सालमा राजमार्ग निर्माण हुनुअगाडिदेखि यस क्षेत्रमा भोगाधिकार रहेको पाइएको छ । आफूले भोगचलन गरेको घरजग्गाको एक हप्ताअघिमात्रै राजस्व तिरेको उनले बताइन् ।घर भत्कने भएपछि डिलादेवीलगायत न्यायका लागि पीडितहरु सर्वोच्च अदालतसम्म पुगे । ०७७ पुस २४ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले नभत्काउन भन्यो ।

दिपेन्द्र अधिकारी ,चितवन पोस्ट

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.