असार २० , काठमाडौं। अनमोल केसी अभिनित सफल चलचित्र ‘जेरी’ को अर्को भाग ‘जेरी २’ भन्ने भएको छ । ‘जेरी २’को लागि नायक अनमोल केसी अनुबन्धित भएका छन् । आइतबार काठमाडौंको एक होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ ।
चलचित्र जेरी २’को छायांकन ‘छड्के २’ र पुजा शर्माको अनटाइटल फिल्म पछि हुनेछ । अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म मालाई सरोज न्यौपानेले निर्माण गर्नेछन् । फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानी रहनेछ भने ‘जेरी’कै निर्देशक हेमराज विसीले निर्देशन गर्नेछन् ।
लभस्टोरी जनरामा निर्माण हुने फिल्मको स्क्रिप्ट हेमराजकै हो । फिल्म ‘होस्टेल’बाट हेमराजले निर्देशन र अनमोलले अभिनेताको रुपमा डेब्यू गरेका थिए । पहिलो सहकार्य नै फलिफाप भएपछि उनीहरुबीच ‘जेरी’ र ‘गाजलु’मा पनि सहकार्य भयो ।
‘जेरी’मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् । दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रवल छ । नेपाल, अमेरिका र अस्ट्रेलियामा छायांकन हुने फिल्मलाई २०८० सालको विजयादशमी (दशैं) मा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । ‘जेरी’ २०१४ मा प्रदर्शन भएको थियो ।


