असार २१ , काठमाडौं। निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको सिनेमा ‘झिँगेदाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बेडवालको स्वर सुन्न सकिन्छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका चार मुख्य कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट नृत्य गरेका छन् । गीतको अडियो उत्कृष्ट बबनेकको छ । तर, अडियोअनुसार लोकेशन र कोरियोग्राफीमा भिडियो औषत देखिन्छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेकको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।



