असार २३ , रत्ननगर । बुधबार बेलुकी ६ बजेको समयमा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं- ८ मझुवास्थित कमला विकको रोपाइँ गरिरहँदा पानी परेपछि जन्तरी प्रजाको घरमा ओत लागेर बसेको अवस्थामा हुरिबताससँगै आएको चट्याङ लागेर १४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कालिका ८ का २१ वर्षीया रोजिना श्रेष्ठ, २० वर्षीया रोशी श्रेष्ठ, ३८ वर्षीया दिलकुमारी अधिकारी, २५ वर्षीया सुस्मिता श्रेष्ठ, २१ वर्षीया राधिका मिजार, १८ वर्षीया सीमा सुनार, २३ वर्षीया कमला विक, २५ वर्षीया संगीता सुनार, ३० वर्षीया अनिता तामाङ, ४३ वर्षीया अनु श्रेष्ठ, ३५ वर्षीया कमला कामी, २० वर्षीया लक्ष्मी मिजार, ४५ वर्षीया चिनामाँया सुनार र १८ वर्षीया देवी विक घाइते रहेका छन् ।
तपाईको प्रतिक्रिया



