असार २४ , भरतपुर । नेपाल चिकित्सक संघ, चितवनले बिहीबार दिउँसो शल्यक्रिया गरेर आफ्नो कार्यकक्षमा फर्किएका विपी मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा. देजकुमार गौतममाथि केही व्यक्तिले गालीगलौज र हमलाको प्रयास गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल चिकित्सक संघ चितवनका सचिव डा. सूर्यप्रकाश सापकोटाद्वारा जारी विज्ञप्तिमा अस्पताल हाताभित्र आफ्नै कार्यकक्षमा दिनदहाडै हमलाको प्रयास हुनु निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गर्दै सो घटनाका दोषीउपर तत्काल छानबिन गरी कानुनी दायरामा ल्याउन चितवनका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल र चिकित्सकमाथि हुने हमला, गाली गलौज र धम्कीका घटनामा तुरुन्त प्रभावकारी नियन्त्रण हुँदा मात्र आमनागरिकले स्वास्थ्यसेवा पाउने सुनिश्चितता हुनेछ । अन्यथा चिकित्सक संघ विरोधका कार्यक्रमसहित आउन बाध्य हुनेछ ।’



