• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुरको मेयर दाहालले चनौलीको शीत भण्डार अवलोकन,उत्पादनमा वृद्धि गर्ने नीति लिएका छौ

  •   शनिबार, असार २५, २०७९ मा प्रकाशित

असार २५ ,चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ ।मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको उल्लेख गर्नुभयो ।

उत्पादनमा पनि कृषि उत्पादनलाई प्रथामिकता दिएका छौ, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ–मेयर दाहालले भन्नुभयो ।चितवन चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कृषि उत्पादन वृद्धि गर्न विभिन्न यन्त्र उपकरणमा अनुदान, सिंचाईका लागि डिबोरिङ, स्यालो टुबलेल, नारायणी लिफ्ट सिंचाईको नयाँ उपकरण खरिद, खगेरी सिंचाईहरु निर्माण भएको मेयर दाहालले बताउनुभयो ।‘भरतपुर धेरै उत्पादनमा आत्मनिर्भर छ, उहाँले भन्नुभयो,‘ अब बेमौसमी कृषि उत्पादन गर्न सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ । उत्पादनलाई वृद्धि गर्न विगत ५ वर्षदेखि दूधमा अनुदान दिदै आएका छौ । अन्य उत्पादनमा पनि वृद्धि गर्न महानगरपालिका सकारात्मक रहेको छ ।’महानगरपालिका थोरै लागतमा धेरै उत्पादन गर्न पहिलादेखि नै विभिन्न यन्त्र उपकरणको प्रयोग गर्न कृषकलाई प्रोत्सहान गर्दै आएको मेयर दाहालले बताउनुभयो ।

एउटा महानगरपालिकामा एक शीत भण्डार हुँदै पर्ने नियम छ, उहाँले भन्नुभयो,‘कृषकहरुले नै लगानी गरेर निर्माण गर्नु भएको छ, यो स्वागत योग्य छ । यसको प्रवद्र्धनको लागि महानगरपालिका सधै तयार छ ।’कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डारको माध्यमबाट कृषिमा आउने रूपान्तरणमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा वाग्मती प्रदेश कृषि मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, वडा नं १८ अध्यक्ष बाबुराम राना, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, सेयर सदस्य नरहरि घिमिरे लगायतले बोल्नु भएको थियो ।

यसैबीच भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवन चनौली शीत भण्डारको अवलोकन गर्नु भएको छ ।मेयर दाहालले शीत भण्डारले गर्दै आइरहेको काम कारबाहीको बारेमा जानकारी लिनु भएको थियो ।गत चैतबाट पूर्ण रुपमा सञ्चालनमा आएको भण्डारले विभिन्न खाद्ययन्न र तरकारीहरु भण्डारणको काम सुरु गरिसकेको छ ।

शीत भण्डार निर्माणका लागि रु २० करोड रुपैयाँ खर्च भइसकेको छ । दुई वटा चेम्बर निर्माण गरी व्यवसायीक र सेयर सदस्यका लागि भण्डारणको व्यवस्था मिलाइएको छ ।भण्डार निर्माणका लागि संघिय सरकारको सहकारी मन्त्रालय अन्तरगतको सहकारी विभागबाट रु ५ करोड ८१ लाख, वागतमती प्रदेशबाट रु ५७ लाख ९१ हजार, भरतपुर महानगरपालिकाबाट रु ४ लाख ८२ हजार र नक्सा पास गर्न ९ लाख ३४ हजार सौजन्य भएको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो ।

यस्तै सेयर सदस्यबाट रु ८ करोड ६२ लाख संकलन गरिएको छ । शीत भण्डारमा सदस्य हुनका लागि न्युनतम रु १ लाख तोकिएको छ । ७ कठ्ठा क्षेत्रफलमा फैलिएको शीत भण्डारमा क्षमताको ६० प्रतिशत खाद्ययन्न भण्डार गरिएको संस्थाले जनाएको छ । यहाँ आलु, चना, मकै, गाजर लयातका खाद्ययन्न भण्डार गरिएको छ । एक सिजन भण्डार गर्न प्रतिकिलो साढे ५ देखि साढे ६ रुपैयाँ मूल्य तिर्नुपर्छ ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.